कोरोनाभाइरसले स्पेनका एक फुटबल प्रशिक्षकको मृत्यु

Ads here
Read Time:1 मिनेट, 15 सेकेन्ड
Manakamana Gold

एजेन्सी। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो ।

२१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो । गार्सियाको उपचारकै क्रममा मृत्यु भएको समाचारलाई फुटबल खेल सम्बन्धी लोकप्रिय अनलाइन गोल डटकमले प्रकाशित गरेको छ ।

Incidents Registration

महामारीको रुपमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप अहिले युरोपियन मुलुकमा बढी देखिएको छ । इटाली र युरोपमा कोरोनाको महामारी बढेको छ । स्पेनले अहिले देशमा आपतकालिन अवस्थाको घोषणा समेत गरेको छ ।स्रोत रातो पाटी

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु