टिप्परको ठक्करले आमा छोरी दुबैको मृत्यु

0 0
Ads here
Read Time:1 मिनेट, 36 सेकेन्ड

बनेपा : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमा-छोरीको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका-१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

raining add

गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

tamagadhi emergency add

 भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।स्रोत पहिलो पोस्ट

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads