काठमाडौंबाट चार्टर्ड उडान बन्द , रुपन्देहीको भैरहवाले पायो ‘ बिजनेस ’

0 0
Ads here
Read Time:2 मिनेट, 46 सेकेन्ड

निराज रानाभाट

रुपन्देही :  सरकारले अब त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रुपन्देही जिल्लाको भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनु पर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ ।

cold baat bachau

सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । त्रिभुवन विमानस्थलको ट्याक्सी – वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दावी छ । यसअघि प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन शुरु गरिसकेको थियो ।

tamagadhi emergency add

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरि त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले कार्तिक १३ गते , आइतबार ९ आज ० देखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ / २ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

Breast Feeding Ads

दैनिक ३ भन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नु पर्ने नियम बनाइएको छ । विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ । यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार १३ गते आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।