नेपाल र बंगलादेश भिड्दै

0 0
Ads here
Read Time:1 मिनेट, 56 सेकेन्ड

चेरवन्त खबर डेस्क

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

cold baat bachau

खेल साँझ ५ः३० बजेपछि शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि दुवै टोली तयार रहेको खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक तथा कप्तानले जानकारी दिएका छन् ।

tamagadhi emergency add

पछिल्लो चार खेलमा अपराजित नेपाल सोही अपराजित लयलाई निरन्तरता दिँदै मैदान उत्रने लक्ष्यमा हुनेछ । नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Breast Feeding Ads

त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । थ्री नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यो भन्दा अघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।

Kolhabi Ads

एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।