
कोल्हबी स्थित ककडीको खेतमा दिउँसै जंगली हात्तीको आतंक

चेरवन्त खबर डेस्क
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित ककडीको भागर खेतमा दिउँसै जंगली हात्तीको आतंक बढेको छ । सो स्थानमा लगाइएको धान खेतमा बाली नष्ट गर्दै जंगली हात्तीको आतंक बढेको हो ।

दोस्रो अन्तर्राष्ट्रिय बिमान स्थल निजगढको दक्षिण सिमामा रहेका ककडी स्थित धानबाली लगाइएका भागर खेतमा हिजो बुधबार दिउँसो तिन बजे हात्तीहरुको समुह देखिएकोे र बाली नष्ट गर्दै गरेकोले त्यहाँका स्थानिय किसानहरु चिन्तीत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष नन्द किशोर चौधरीले बताउनु भयो ।

स्थानिय शम्भु चौधरी, बहुदल चौधरी, रामबाबु चौधरी, रामचन्द्र चौधरी, देवचन्द्र चौधरी लगायतका किसानहरुको खेतमा हात्तीहरु देखिएको वहाँले बताउनु भयो । यसरी दिउँसै हात्ती देखिएकोले गाउँ बस्ती सम्म प्रवेश गर्न सक्ने डर पनि रहेको स्थानियहरुले बताए ।

बिगत केही बर्ष अगाडी गाउँमा हात्ती प्रवेश गरी एक जना महिलालाई घाइते समेत बनाई सकेका बिर्सिन नसक्ने घटना सुनाउँदै त्यस्ता घटना पुःन नदोहोरियोस भन्दै सोही गाउँमा बस्ने माधव चौधरीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन र तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । ककडीको सानो टोलमा बस्ने बिरेन्द्र चौधरीको श्रीमतीलाई घर छेउ बाट नै हात्तीले घाइते बनाएका थिए ।

कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित हनुमानगन्ज, भलुवाइखोर, पुरानोकाटाँ र रौतहट भैसही जङ्गल क्षेत्रमा पनि बिगत २० दिन देखि लगातार जंगली हात्तीले धान,उखु बाली नोक्सान गर्नुको साथै गाउँ, घरमा आतंक मच्चाएका थिए ।