
पटेर्वासुगौलीमा ‘सिकाई निरन्तरता अभियान तथा अभिभावक शिक्षा’ सम्बन्धी अभिमुखीकरण

चेरवन्त खबर डेस्क
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ मा ‘सिकाई निरन्तरता अभियान तथा अभिभावक शिक्षा’ विषयक २ दिने अभिमुखीकरण शुरु भएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सुगौली दा।प। स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा युनिसेफ नेपालको सहयोगमा नेपाल शिक्षा समूह र भूकम्प प्रविधि राष्ट्रिय समाजको समन्वयमा दुई दिने अभिमुखीकरण शुरु भएको हो ।

अभिमुखीकरणमा पटेर्वासुगौली गाउँपालिकाका १२ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक र अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिती रहेको छ ।
सबै तहको शिक्षा निर्देशिका विद्यालयमा उपलब्ध नहुदा कतिपय विद्यालयमा पाठयक्रम र विषयगत सिपको अभाव रहेको अभिमुखीकरणमा सहभागीहरुले गुनासो गरेका थिए ।


पटेर्वा सुगौली गाउँ पालिकाको प्राथमिक तहको विद्यालयमा नेट ईन्टरनेट ल्यापटप र डेस्कटप नहुँदा विद्यालयका सबै गतिविधि अनलाइन गर्न सुविधा नभएको विद्यालयका प्रतिनिधीले बताएका थिए । विद्यालयको तथ्यांक समय समयमा नभरेमा सेवा सुविधा रोकिन थालेकोमा वनदेवी आधरभुत विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले चिन्ता व्यक्त गरे ।
सोही अवसरमा तत्काल सबै विद्यालयलाई डेस्कटप उपलब्ध गराउने पालिकाका शिक्षा प्रमुख शम्भु साहले प्रतिद्धता जनाएका छन् । कक्षा ४र७र९ को नयाँ नया पाठयपुस्तक र पाठयक्रम परिवर्तन भएकोले विद्यालयमा पठाउने शिक्षकलाई सजिलो बनाउनुका साथै अध्यापनलाई सहज बनाउने अभिप्रायले अभिमुखकीकरण सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पर्साका शिक्षा अधिकारी फत्तबहादुर श्रेष्ठले बताए । मित्रदेव प्रसाद यादव र पर्साका समन्वय ईकाई अधिकारी फत्तबहादुर श्रेष्ठले अभिमुखीकरणमा प्रशिक्षण दिएका छन् । यात्रा डेली