चीनको सिछुवानमा भूकम्पमा परी करिब ६५ जनाको मृत्यु

0 0
Royal job Link
Read Time:1 मिनेट, 36 सेकेन्ड

चेरवन्त खबर डेस्क

चीनको सिछुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पबाट करिब ६५ जना मानिसको मृत्यु भएको छ ।

raining add

चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो । १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ । सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

tamagadhi emergency add

भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ । भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको थियो ।

Breast Feeding Ads

भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण वस्तीहरुमा सन्चार सम्पर्क विच्छेद भएको थियो । पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको थियो ।

Kolhabi Ads

सिचुवान प्रान्त सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५ सय बढी उद्धारकर्मीहरुलाई परिचालन गरिएको जनाएको छ । प्रभावितहरुलाई अस्थायी सेल्टरमा राखिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु