
बिरगंजमा ‘नेतृत्वमा युवा कि पाका’ बिषयमा अन्तकृया तथा सम्मान कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क
पर्सा जिल्लामा संचालित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो छैठौं बार्षिक अत्सवको अवसरमा बिविध कार्यक्रम अन्तर्गत आईतबार आयोजना गरेको नेतृत्वमा युवा कि पाका बिषयको अन्तकृया तथा सम्मान कार्यक्रममा समाजमा योगदान दिइएका ब्याक्तिहरु सम्मानित भएका छन् ।

मध्यनेपाल मिडिया प्रा.ली.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशन ग्रहण वन तथा वाताबरण मन्त्री प्रदिप यादवले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमार्फत समाजमा योगदान दिएका वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, होटल व्यवसायी कुबेर कार्की, किरण आँखा अस्पतालका डाक्टर अमर क्याल, सतिस वर्णवाल, कमला भण्डारी, नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्सका अजय चौरसिया लगायतका ब्याक्तित्वलाई सम्मान गरेका छन् भने नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी अध्यक्ष सुनिता बराललाई नगद सहित सम्मान पत्रले सम्मानीत गरिएको छ ।


जोश र जाँगरले भरिएको युवाहरुको सही रुपमा परिचालन गर्नु पर्ने कुरामा प्रमुख अतिथि मन्त्री यादवले आफ्नो मन्तव्यको क्रममा जोड दिनु भयो । ‘नेतृत्वमा युवा कि पाका” भन्ने बिषयमा वहाँले पाकाहरुलाई पन्छ्याएर नहुने कुरा बताउँदै अग्रजको अनुभवलाई युवाले आत्मसाथ गर्न सके मात्रै बिकास तथा समृद्धि हुने तथा युवाको । जनशिलता जोश सहित पाकाको अनुभवले नै समाजको निर्माण हुने कुरा प्रष्ट पार्नु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुवोध कुमार गुप्ता, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, कोपिला चौलागाई, दलित महिला संघ पर्साकी अध्यक्षनिला राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पर्साका उपाध्यक्ष युवराज खड्का, पोखरीया नगरपालिकाकी पुर्वउपमेयर सलमा खातुन, वीरगञ्ज महानगरपालिकाकी पुर्व उपमेयर शान्ति कार्की, नेपाली काँग्रेसकी नेतृ शुष्मा तिवार, रम्भा मिश्रा लगायतको उपस्थिती रहेको कार्यक्रममा गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त थिईन भने संस्थाको उद्देश्यबारे तुलसी भण्डारीले प्रकाश पारेकी कार्यक्रम संचालिका पत्रकार लक्ष्मी खरेलले जानकारी दिईन् ।