
कोल्हबीमा नेपाल बुद्धिजिवी परिषद नगर कमिटि गठन सम्पन्न,अध्यक्षमा प्रेम बहादुर गौतम चयन

चेरवन्त खबर डेस्क
नेपाल बुद्धिजिवी परिषद कोल्हबीको अध्यक्ष पदमा प्रेम बहादुर गौतम सहित २५ सदस्यीय नगर कमिटि गठन भएको छ । किशोरी चौधरीको अध्यक्षता र राधेश्याम शिवाकोटीको प्रमुख आतिथ्यमा सो कमिटि गठन गरिएको हो ।

सो कार्यक्रमले कमिटिको अध्यक्षमा प्रेम बहादुर गौतम संगै उपाध्यक्ष पदमा मुक्तिनारायण चौधरी, सचिव पदमा गजेन्द्र चौधरी, सहसचिवमा राधाकृष्ण चौधरी र नेत्र पौडेल तथा कोषाध्यक्ष पदमा बबिता चौधरी लगायत २५ सदस्यीय समिति गठन गरेका छन् । कमिटिलाई सर्व सहमतबाट गठन गरी बुद्धिजिवी परिषद नेपालका बारा जिल्ला अध्यक्ष यादव तिमिल्सीनाले घोषना गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य युवराज मैनालीेले गर्नु भएको थियो भने प्रमुख अतिथि शिवाकोटी, बिशिष्ट अतिथि केवल प्रसाद चौधरी, यादव तिमिल्सीना, टिना सुवेदी लगायतका बुद्धिजिवीहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीहरुमा ज्ञानु केसी, ढुन्डीराज उप्रेती तथा अतिथिको रुपमा पुरनदेव चौधरी, नन्देश्वर चौधरी, पृथ्वीराज शिवाकोटी, अनुप सुवेदी, युवराज मैनाली, हरी पराजुलीको उपस्थिती रहेको कार्यक्रमका संचालक अर्जुन पराजुलीले बताउनु भयो ।

