छाउदै कोल्हवी नगरमा स्वतन्त्र युवा मुकेश जैसवाल ।

1 0
Ads here
Read Time:3 मिनेट, 27 सेकेन्ड

चेरवन्त खबर
बाराको कोल्हवी नगरमा हिजो आज वडा नं ९ का मुकेश जैसवाल निकै छाएका छन्। लामो समय देखि सामाजिक अभियान्ताका रुपमा काठमाडौं मा काम गर्दै एमसिसि को बिरुद्ध पनि चर्को आवाज उठाएका र केही समय खाडी मुलुक गएर आएका मुकेश आफ्नो वडा र नगरको अवस्था फेरीन नसकेको भन्दै नगरमा खबरदारी गर्न सुरु गरेका छन्।

cold baat bachau

उनले सनिवार बजारमा स्वतन्त्र युवाहरुको भेला राख्दै नगरमा रहेका विध्यमान समस्याको बारेमा खबरदारी सहित ज्ञापन पत्र नगर प्रमुख रामप्रसाद चौधरीलाई बुझाउने भएका छन्। उनि भन्छन म कुनै दल विशेष लाई सक्काउन नभई  नगरलाई बिकास गराउन आएको हुँ। र मेरो पाईला कसैले राक्न नखोज्नु किन कि म यसै नगरको विकास चाहान्छु ।मेरो पाईला रोकिने छैन म यो पाँच बर्षनेै नगरपालिकाको काम कार्वाही को निगरानी गर्ने छु र आवश्यक परेमा खबरदारी गर्ने छु । म जनताको माझमा जानेछु । मैले विकास केहो भनेर पाचँ बर्ष साउदीमा देखेर आएको छु । जनताको पीडा आफैले भोगेको छु । म कोल्हवीको मुहार फेर्न आएको एक युद्धा हु। बिन्ती छ मलाई नरोक्नुस मलाई नछेक्नुस । म कोल्हवीको लागि केही गर्न चाहान्छु ।

tamagadhi emergency add

Breast Feeding Ads

स्वतन्त्र युवा मुकेश जैसवलले  सनिबार दिउँसो १२ बजे कोल्हवी बजारमा भेला पनि राखेका छन्। कोल्हवी नगरपालिकामा रहेको विध्यमान अवस्थामा सबै दल मुकदर्शक बनेको , नगरका किसानले मल नपाएको , लालपुर्जा को काम सुरु नभएको ,विद्यालयको जग्गामा हाट बजार बनाउन लागिएको , रोजगार सहायक पदको आवेदन लिए पनि परीक्षा नगरिएको , नगरमा विभिन्न समस्या भएपनि लाखौ खर्च गरेर टावर निर्माण गर्न लागिएको , विकास बजेट आधा घटाएर दिईएको , युवा लाई पाखा लगाईएको , खेलकुदमा ध्यान नदिईएको , नगरमा भएका अस्पताल , स्वास्थ्य संस्था मा उपचार र औषधी अभाव भएको, नगर प्रहरी भर्ती नगरिएको , फोहोर संकलन नगरिएको , शान्ती सुव्यवस्थामा फितलो भएको , दमकल जस्तो संवेदनशील चिज पनि वास्ता नगरेर पाईप फुट्दा पनि मर्मत नगरिएको जस्तो बिषयमा छलफल तथा अन्तर्क्रिया गर्ने र स्वतन्त्र नागरिक युवा संगठन निर्माण गरि अहिलेको अवस्था चिर्न नगर प्रमुख लाई स्वतन्त्र नागरिक को टिमले तुरुन्त मलको जोहो गर्न ज्ञापन पत्र बुजाउने सोच बनाएको जैसवालले बताए ।

Kolhabi Ads

जैसवालको खबरदारीमा यति बेला सबै नगर बासिले साथ दिएका छन्। जैसवाललाई अगाडी बढ्न आग्रह गर्दै आफुहरु साथमा रहेको नगरका युवाहरु बताउछन्।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।