कोल्हबीमा लाजमर्दो घटना, प्रहरी कार्यालय अगाडी नै रहेको एक पत्रकारको घरबाट चोरी

0 0
Ads here
Read Time:1 मिनेट, 48 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हबीमा लाजमर्दो घटाना भएको छ । सो स्थानको कोल्हबी बजारमा अवस्थित इलाका प्रहरी कार्यालय अगाडि रहेको पत्रकार जियालाल चौधरीको घरबाट चोरी भएको हो।

raining add

पत्रकार चौधरी घरमा न रहेको मौका छोपी गत ५ गते आइतबारको दिन चोरी भएको घटना सार्वजनिक भएको छ । छोरीको सुनको गहना र घर मै रहेको पसलबाट नगद १७ हजार रुपैया र समान सहित एक लाख पचास हजार बराबरको समान चोरहरुले लगेको पत्रकार चौधरीले बताउनु भयो ।

tamagadhi mart

छिमेकी राज कुमार चौधरीले आफु सिरानीमुनि राखेर सुतेको मोबाईल चोरले चोरी गर्ने प्रयास गर्दा ब्युझेको र हल्ला गर्दा छिमेकीको घरको छत भएर चोरहरु हाम फाल्दै भागेको बताए । आफू बस्ने टोलमा रहेको घर तथा पसलमा चोरी गर्ने मनसायले नै चोरहरु आएको हुन सक्ने उनले बताए ।

Breast Feeding Ads

इलाका प्रहरी कार्यालय कोल्हबीबाट सय मिटरको दुरी पनि नरहेको स्थानमा चोरी हुँदा त्यहाँको जनताहरु असुरक्षित महसुस गरेका छन  । र यसमा प्रहरीहरुको ठूलो लापरबाही रहेको स्थानियहरुले बताउँछन् । त्यस कार्यालयमा प्रमुखको पद सम्हाल्न आएका सन्तोष कुमार दाहालले शुरुमा सक्रियता देखाए पनि यता आएर काम एवं जनताको सुरक्षा प्रति त्यति चासो नदेखाएको उनिहरुको भनाई रहेको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।