तलब नपाएकाले पचरौता नगरका शिक्षकहरुद्वारा बाराका जिल्ला प्रमुखलाई ज्ञापन पत्र

0 0
Royal job Link
Read Time:2 मिनेट, 0 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको पचरौता नगरपालिका अन्तर्गतका बिद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले तलब नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

raining add

उक्त पालिकाका शिक्षकहरुले गत बैशाख महिना देखि हाल सम्म तलब पाएका छैनन् । नेपाल सरकारको मातहतमा काम गर्ने कर्मचारीहरुले महिना सकिने बितिकै तलब पाउने तर शिक्षकलाई त्रैमासिक चौमासिक रुपमा तलब ख्वाउने भए पनि पालिकाले समयमा तलब नपठाएको गुनासो गरेका छन् ।

tamagadhi emergency add

त्यस पालिकाको कार्यालयमा सम्पर्क गर्दा पहिलाको निमित्त प्रमुख प्रशासकीय अधिकृत फरार रहेको र अर्को अधिकृत आउनमा ठुलो राजनैतिक चलखेल भैरहेको शिक्षकहरुलाई बताएका छन् । आफुहरु चार महिना देखि उधारो गरी खान र लगाउनमा बाध्य रहे ता पनि अब व्यापारीहरुले उधारो दिन रोक लगाएको शिक्षकहरुको कथन रहेका छन् ।

Breast Feeding Ads

देशको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय काठमाण्डौं, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय काठमाण्डौं, शिक्षा बिकास तथा समन्वय इकाई बारा, पचरौता नगरपालिकाको कार्यालय बेनौली र शिक्षक महासंघ काठमाण्डौंलाई बोधार्थ गरीएको सो ज्ञापन पत्र मार्फत शिक्षकहरुले भदौ १ गते देखि बिद्यालय संचालन हुँदा तलब नपाए बिद्यालय थप गरी चरण बद्ध आन्दोलनमा जान बाध्य हुने जानकारी समेत गराएका छन् ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।