बारा प्रहरीद्वारा १२ वटा मोटरसाइकल सहित चोरी गर्ने गिरोहका ६ जना पक्राउ

1 0
Ads here
Read Time:4 मिनेट, 52 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीद्वारा १२ वटा चोरीको मोटरसाइकल सहित तिनिहरु पक्राउ परेका हुन् ।

cold baat bachau

जिल्लाका बिभिन्न स्थानमा मोटसाइकल चोरीको घटनाहरु व्यापक रुपमा बृद्धि भएकोले त्यस तर्फ प्रहरीको ध्यानार्कषण भएको छ । महागढीमाई नगरपालिका स्थित बरियारपुरमा खटिएको प्रहरी टोलीले गत १९ गते बिहिबारका दिन सोही स्थानबाट मोटरसाइकल चोरी गरी भाग्ने क्रममा दुई जनालाई पक्राउ गरेका छन् ।

tamagadhi emergency add

पक्राउ परेका पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीका २१ बर्षिय बिशाल कुमार सहनी र २० बर्षका भोला पटेललाई जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमती लिई अनुसन्धान गर्दा थप चार जनाको नाम बाहिरिएका थिए । सो आधारमा ति चार जनालाई १२ वटा मोटरसाइकल सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेश थापाले पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो ।

Breast Feeding Ads

प्रहरी नायब उपरिक्षक थापाका अनुसार पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली कै २० बर्षिय बृजमोहन पटेल, सोही उमेरका बिजय पटेल, २४ बर्षका हरिनारायण पटेल र २३ बर्षिय बरक सहनीलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट यामाहा कम्पनीको आर १५ भी ३.० मोडेलको रातो र कालो रंग भएको मोटरसाइल, बजाज कम्पनीको २२० सिसि रातो र कालो रंग भएको मोटरसाइकल नम्बर बिआर३०एम०२९८ भएको त्यस्तै बजाज कम्पनी कै २२० एफसिसि सेतो र कालो रंग मोटरसाइकल नम्बर प्र२-०३-०११प ३८३१ रहेको, बजाज कम्पनी कै २२० सिसि एन एस निलो र कालो रंग भएको बिआर०१इजे२१०४, सोही कम्पनीको १५० सिसि डिटिएस रातो र कालो , अर्को १२५ सिसिको प्लाटिना ना३६प८५९५ नम्बरको ६ वटा बरामद भएका छन् । त्यस्तै हिरोहोण्डा सुपरस्प्लेन्डर १२५ सिसिको मोटसाइकल नम्बर बा७२प६७८८ भएको, बजाज कम्पनीको २२० सिसि रातो र कालो बा१२प१३१३ नम्बर भएको, सोही कम्पनी, मोडेल र रंग भएको ग२प७२४६ नम्बरको, २२० सिसि कै बिआरओ५एआर७०६६ नम्बरको, त्यस्तै सा्ही कम्पनीको १५० सिसि पल्सर अनटेस्ट लेखेको र हिरो हुण्डा स्पेलेण्डर प्रो. ११० सिसिको रातो रंग तथा बिआरओ५टि६९७१ नम्बरको मोटरसाइकल सहित तिनिहरुलाई पक्राउ गरेका छन् ।

Kolhabi Ads

बरामद भएको मो.सा.को विवरण

१.यामाहा R15 v 3.o red black-150 cc
मोटरसाईकल नं.:-
ईन्जिन नं. G3K5E0155203
चेचिस नं.ME1RG5251L006353

२.बजाज पल्सर २२० CC Red/black
मोटरसाईकल नं.:- BR30M0298
ईन्जिन नं. DKZCFE35960
चेचिस नं.MD2A13EZ5FCE48006

३.बजाज पल्सर २२०FCC White/black
मोटरसाईकल नं.:-प्र.२-०३-०१९ प ३८३१
ईन्जिन नं. DKXCLJ09907
चेचिस नं.MD2A13EXXMCB84700

४.बजाज पल्सर २०० CC NS Blue/black
मोटरसाईकल नं.:- BR01EJ2104
ईन्जिन नं. JEYCKA03298
चेचिस नं.MD2A92CY6KCA05868

५.बजाज पल्सर १५० CCDTS Red/black
मोटरसाईकल नं.:-
ईन्जिन नं. DHZWHL29958
चेचिस नं.MD2A11CZ2HWL20878

६.बजाज पल्टिना १२५ CC
मोटरसाईकल नं.:- ना३६प ८५९८
ईन्जिन नं.PFZWFE48048
चेचिस नं.MD21764Z4FWE31427

७.हिरो हुण्डा सुपर स्पेलेण्डर १२५ CC
मोटरसाईकल नं.:-बा ७२ प ६७८८
ईन्जिन नं. JA05ECG9A08110
चेचिस नं.MBLJA05EMG9A08964

८.बजाज पल्सर २२० CC Red/black
मोटरसाईकल नं.:-बा १२ प १३१३
ईन्जिन नं. DKYCJE06729
चेचिस नं.MD2A13EY7JCE66832

९.बजाज पल्सर २२० CC Red/black
मोटरसाईकल नं.:-ग २ प ७२४६
ईन्जिन नं. DKYCJC46009
चेचिस नं.MD2A13EY2JCC46496

१०.हिरो हुण्डा स्पेलेण्डर प्रो. ११० CC Red
मोटरसाईकल नं.:-BR05T 6971
ईन्जिन नं. HA10ERFHC61790
चेचिस नं.MBLHA10BFFHC32446

११. बजाज पल्सर १५० CC
मोटरसाईकल नं.:- ON TEST
ईन्जिन नं. DHXRMG80856
चेचिस नं.MD2A11CX6MPG06641

१२. बजाज पल्सर २२० CC
मोटरसाईकल नं.:-BR05AR 7066
ईन्जिन नं. DKXCM73126
चेचिस नं. MD2A13EX5MCA18438

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।