कोल्हबीको अछामटोल बजारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भिर

0 0
Ads here
Read Time:1 मिनेट, 49 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ८ स्थित अछाम टोल (बेलवा) बजारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमबार बिहान साईकल र मोटरसाईकल एक आपसमा दुर्घटना हुँदा तिनिहरु घाइते भएको हो ।

cold baat bachau

उक्त बजारको मुख्य चौकमा प्र २ (०३) ००१४ प ६२२९ नम्बर रहेको १५० सिसिको कालो पल्सर मोटरसाइकलमा सवार भएको मणिराज चौधरीले साइकल यात्री केदारनाथ बोगटीलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले बताएका छन् । दुर्घटनामा परेका मोटरसाइकल चालक चौधरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ स्थित जैतापुरको र साइकल यात्री बोगटी कोल्हबी ८ नयाँबस्तीको बासीन्दा
रहेका छन् ।

tamagadhi emergency add

दुर्घटनाबाट घाइते भएका चौधरीलाई समान्य चोटपटक लागेको छ भने बोगटीको टाउकोमा चोट लागि रगत जमेको ईलाका प्रहरी कार्यालय सिहोर्वाका सहायक प्रहरी निरिक्षक उमेश कुमार राउतले जनाए । उनका अनुसार घाइते भई गम्भिर अवस्थामा रहेका बोगटीलाई पर्सा जिल्लाको बिरगंज स्थित न्यु एस एल न्युरो एण्ड जेनरल हस्पिटलमा उपचारको लागि लगिएको हो । सिटी स्क्यान भएर रिपोर्ट आएपछि मात्रै हालको अवस्था बारे जानकारी दिन सक्ने र मोटरसाइकल प्रहरी कार्यालयको नियन्त्रणमा रहेको पनि बताए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
67 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।