
कोल्हवी ४ सपही का कृष्णप्रसाद देवकोटाले पनि गरे आफ्ना छोराको नाममा मानव सेवा आश्रमलाई आर्थिक सहयोग ।

चेरवन्त खबर

कोल्हवी नगरपालिका वडा नं ४ सपहीका सामुहिक चेतना बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धक कृष्ण प्रसाद देवकोटाले आफ्नो छोरो अनुराग देवकोटाको नाममा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन्। सपही निवासी देवकोटाले मानव सेवा आश्रम लाई सेवा गर्ने हेतुले अभियान्ताको पहलमा २ हजार ५ सय सहयोग गरेका हुन।

कोल्हवी नगरका बरिस्ठ युवा समाजसेवीहरु श्रीराम साह र रसिक सुवेदीको पहलमा यति बेला मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियान चलाईएको छ। मानव सेवा आश्रमले केही दिन पहिले नगर लाई सडक मानव मुक्त नगर घोषणा गराएको थियो ।

अभियान्ता , साह र सुवेदीले मानवीयता को अभियान मा जोडिनु भएको मा कृष्ण प्रसाद देवकोटा र उनका छोरा लाई धन्यवाद दिएका छन्। हाल सम्म अभियान्ताहरु लाई वैदेशिक रोजगार सेवा कोषले १० हजार , मिथिलेस चौधरीले ५ हजार र राम सिवाकोटीले ५ हजार ५ सय ५५ सहयोग गरिसकेका छन्।