
वैदेशिक रोजगार सामाजिक सेवा कोष द्वारा मानव सेवा आश्रमलाई १० हजार आर्थिक सहयोग ।

चेरवन्त खबर
कोल्हवी नगरमा सामाजिक क्षेत्र मा निरन्तर सहयोग गर्दै आईरहेको वैदेशिक रोजगार सामाजिक सेवा कोष कोल्हवी ४ सपहीले कोषका उपाध्यक्ष रामशरण सेढाईको विशेष पहलमा मानव सेवा आश्रमलाई सेवा गर्ने हेतुले नगद दस हजार सहयोग गरेको छ ।

कोल्हवी नगरका बरिस्ठ युवा समाजसेवीहरु श्रीराम साह र रसिक सुवेदीको पहलमा यति बेला मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियान चलाईएको छ। मानव सेवा आश्रमले केही दिन पहिले नगर लाई सडक मानव मुक्त नगर घोषणा गराएको थियो ।

अभियान्ता , साह र सुवेदीले मानवीयता को अभियान मा जोडिनु भएको मा” वैदेशिक रोजगार सामाजिक सेवा कोष” परिवार लाई धन्यवाद दिएका छन्।

वैदेशिक रोजगार सामाजिक कोषले यस अघि पनि नगरमा निरन्तर सहयोग गर्दै आईरहेको छ । हाल पनि कोषका उपाध्यक्ष सेढाईको पहलमा कोषको बैठक बसी मानव सेवा आश्रम लाई सहयोग गर्ने प्रस्ताव गर्नु भएको मा समितिले सर्वसहमत सहयोग प्रस्ताव पारित गरेको थियो।
त्यस्तै यसै अभियानमा अभियान्ता साह र सुवेदी लाई कोल्हवी ४ सपही कै हाल युएई मा काम गर्दै गरेका मिथिलेस चौधरीले ५ हजार र सपहीका हाल काठमाडौं बसोबास गर्ने राम सिवाकोटीले पनि ५ हजार ५ सय ५५ मानव सेवा आश्रम लाई सेवा गर्ने हेतुले अभियान्ताको पहलमा सहयोग गरेका छन्।
त्यस्तै वैदेशिक रोजगार सामाजिक कोषका अध्यक्ष गोबिन्द गौली ले सधै कोषले सामाजिक सेवा गर्न सकेको सहयोग गरि रहने चेरवन्त खबरलाई बताउनु भयो ।
वैदेशिक रोजगार कोष का रामशरण सेढाई , गोविन्द गौलि , सहयोगीहरु मिथिलेश चौधरी , राम सिवाकोटी र अभियान्ता रसिक सुवेदी , श्रीराम साहलाई चेरवन्त खबरको तर्फ बाट सफलताको कामना ।