कोल्हबीका तामागढीले गरे बार्षिक व्यबसायीक योजना तथा बजेट तर्जुमा गोष्ठि सम्पन्न

0 0
Ads here
Read Time:2 मिनेट, 24 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । सो गोष्ठि कोल्हबी बजारमा रहेको तामागढी पार्टि प्यालेसमा आयोजना गरिएको थियो ।

Manakamana ads Anil

उक्त संस्थाको अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा मुख्य प्रवन्धक बासुदेव रिमालले गत आर्थिक २०७८/०७९ मा सहकारीले गरेको कार्यक्रम, खर्च र आम्दानीको यथार्थ विबरणको समिक्षा र चालु आर्थिक बर्ष २०७९/०८० को बार्षिक योजना तथा बजेट तर्जुमा प्रस्तुत गरेका थिए ।

thaneshwar

सो सहकारीका संस्थापक संरक्षक युवराज क्षेत्रीले कार्यक्रममा भुमी व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी बिभागद्वारा जारी गरिएका सुशासन प्रवद्र्धनका लागि एकिकृत निर्देशन २०७९ को ३५ बुँदे जानकारी गराउनु भएको थियो ।

raining add

कार्यक्रममा सहकारी संस्थाका पुर्व अध्यक्ष तथा संरक्षक श्याम प्रसाद खनाल, रामकुमार शिवाकोटी, कार्यकारी संचालक समितिका पदाधिकारीहरु पृथ्विराज शिवाकोटी, पद्यमगंज प्याकुरेल, रामकाजी खड्का, कालिका दवाडी भण्डारी, मोकदम अंसारी, नारायण पौडेल, चन्द्रावती थरुनी, राजकुमार चौधरी, रमा कुमारी चौधरी, लेखा सुपरिवेक्षण समितिका एकराज आचार्य, गोविन्द पौडेल, सरिता उप्रेती साथै संस्थाका शाखा, शिक्षा, युवा, महिला उपसमिति तथा खोपवा सेवाकेन्द्र प्रमुख उमेश सापकोटा, सिमरा सेवाकेन्द्र प्रमुख राधेश्याम चौधरी, नयाँबस्ती सेवाकेन्द्र प्रमुख सरस्वती खनाल लगायतको उपस्थिती रहेका थिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।