
मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन मुख्यमन्त्रीलाई सात बुँदे सहितको ज्ञापनपत्र

चेरवन्त खबर डेस्क
मिटर ब्याज सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेस भवन पुगेका पीडितहरूले सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

आइतवार सो ज्ञापन पत्र बुझ्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । राउतले पीडितको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने आश्वासन दिएका छन् ।

मिटर ब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
