
एकाबिहानै खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

चेरवन्त खबर डेस्क
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको छ । अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।

काठमाण्डौ सहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।
