सिम्रौनगढको शिक्षा र स्वास्थ्य प्रमुखको जिम्मेवारी हेरफेर, पालिकामा तल्चा, कामकाज ठप्प

0 0
Royal job Link
Read Time:2 मिनेट, 50 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखाका प्रमुखलाई जिम्मेवारीबाट हटाईएका बिषयलाई लिएर पालिकाको प्रवेश द्वारमा तल्चा लगाईएको थियो । तल्चा लगाईएका कारण पालिकाबाट हुने कामकाज पुर्ण रुपमा ठप्प भएको हो ।

raining add

स्वास्थ्य शाखाको प्रमुख राजेन्द्र साहलाई हटाई बिजय ठाकुर र शिक्षा शाखाको प्रमुख नुराजम सिदिकिको ठाउँमा कमलेश अग्रहरीलाई जिम्मेवारी दिईएपछि सोही पालिकाका वडा नम्बर ४ का वडाध्यक्ष अवदेश सहनी पक्षका नेपाली काँग्रेसका कार्यकर्ता र कार्यपालिका समिति पक्षका मानिसहरुले पालिकाको बाहिरी प्रवेश द्वारमा तल्चा लगाएका थिए ।

tamagadhi emergency add

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रमुख तथा प्रहरी निरिक्षक देवराज काफ्लेको कमाण्डमा १०५ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक प्रहरी निरिक्षक कमल पन्थिको कमाण्डमा २१ जनाको टोलीले अवस्था समान्य रुपमा ल्याएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनु भयो ।

Breast Feeding Ads

सो पालिकाका उपप्रमुख नजमु शेहरको श्रीमान शेख मोतिम र सोही पालिका वडा नम्बर ४ को वडाध्यक्ष सहनी बिच कर्मचारीको जिम्मेवारी हेरफेरको बिषयलाई लिएर हिजो बिहिबार भनाभन भएको थियो । र दुबै पक्षका लगभग ३०० जनाको हुल जम्मा भई ठुलो झडप हुँदा पाँच जना प्रहरी समेत ९ जना घाइते भएका थिए । सो झडपलाई नियन्त्रण गर्नका लागि प्रहरीले १५ राउण्ड अश्रु ग्यास समेत फायर गरेका थिए ।

Kolhabi Ads

झडप नियन्त्रणका लागि सिम्रौनगढबाट प्रहरी निरिक्षक काफ्लेको कमाण्डमा २५ जनाको टोली र सहायक प्रहरी निरिक्षकको कामण्डमा ११ जनाको टोली खटिएका थिए । थप बलका लागि जिल्ला प्रहरी कार्यालयबाट १६ जना, ईलाका प्रहरी कार्यालय कोल्हबीबाट ७ जना र बारागढीबाट ६ जनाको टोली समेत बालाइएको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
71 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
29 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।