आदर्श कोतवालमा नागरिक आरोग्य स्वास्थ्य कार्यक्रम सम्बन्धी जनचेतना तालीम सम्पन्न

0 0
Ads here
Read Time:3 मिनेट, 9 सेकेन्ड

नूर आलम बादशाह, सिम्रौनगढ

बाराको आदर्श कोतवालमा नागरिक आरोग्य स्वास्थ्य कार्यक्रम सम्बन्धी जनचेतना तालीम सम्पन्न भएको छ । योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ सरकारले ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरेको थियो ।

raining add

पालिकाको आयुर्वेद शाखाको आयोजनामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी ‘भन्ने नारा सहित असार ३० गतेदेखि कार्यक्रम संचालन भएको शाखा प्रमुख बरिष्ट कबिराज निरीक्षक नथू सहनीले जानकारी दिए । स्वस्थ्य जीवनशैली, आयुर्वेद र योग, स्थानीयस्तरमा पाइने जडिबुटीहरुको विषयमा वहाँले सहजीकरण गरेका थिए ।

tamagadhi emergency add

शनिवार चिउटाहा स्थित राम जानकी मन्दिरमा आयोजित उक्त कार्यक्रमको उदघाटन गाउँपालिका अध्यक्ष जवाहर प्रसाद कानुले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कानुले स्वस्थ जीवनशैली अपनाउनका लागि पुराना पद्धतीहरु असाध्यै सान्दर्भिक रहेको भन्दै आयुर्वेद, जडीबुटी ध्यान योग जस्ता कुरालाई सबैले अबलम्बन गर्नुपर्ने बताए । कार्यक्रममा प्रशिक्षक धीरेन्द्र कुमार सिंहले हरेक नागरिकले ‘मेरो स्वास्थ्य स् मेरो जिम्मेवारी’ भन्ने कुरा बुझ्न जरुरी रहेको र त्यही अनुसार जीवनशैलीमा सुधार गर्नुपर्नेमा जोड दिदै सहभागीहरुलाई करीब एक घण्टा योग गराएका थिए ।

Breast Feeding Ads

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुनील प्रसाद कुशवाहाले निरोगी नेपालका लागि अस्पताल मात्र खोलेर नहुने भन्दै अस्पताल नै जान नपर्ने गरी स्वस्थ जीवनशैली अपनाउने बानीको विकास गर्नुपर्ने बताए । यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष हरीनारायण कुशवाहाले स्वस्थकर खानपान र व्यायाममा ध्यान दिंदा धेरैजसो नसर्ने रोगबाट बच्न सकिने जिकीर गरे ।

Kolhabi Ads

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक कर्मचारी, स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, संघसंस्थाका प्रतिनिधि गरि करीब एक सय जना सहभागिहरुलाई प्रशिक्षण गराइएको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।