भोजपुरी नायीका बनाइदिने प्रलोभन देखाई बालिकालाई भारतमा बेचेको आरोपमा दुई जना पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 30 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बिरगंजमा बस्दै आएकी एक बालिकालाई भोजपुरी नायीका बनाइदिने प्रलोभन देखाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतको बिहार राज्य पुर्वी चम्पारण झिटकैया गाउँमा लगेर बेचेको आरोपमा तिनिहरुलाई पक्राउ गरिएको हो ।

cold baat bachau

पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ स्थायी घर भएका र हाल बिरगंज उपमहानगरपालिका वडा नम्बर १६ स्थित नगवा बस्दै आएकी ४० बर्षिय चमेली देवी र भारतको बिहार सितामढी जिल्ला बासपट्टी पचरा बस्ने २२ बर्षका रोशन तिवारी रहेको प्रहरीले बताएको छ ।

tamagadhi emergency add

उनीहरुले एक बर्ष अगाडी नै बालिका संग चिनजान गरी भोजपुरी सिनेमाको नायीका बनाई दिने प्रलोभनमा पारी तिस हजार रुपैयामा बिक्रि गरी फरार भएका थिए । बेचिएकी बालिका पाँच महिना पहिला देखि हराई रहेकी हुँदा जिल्ला प्रहरी कार्यालय पर्साबाट काउन्सिलिङ तथा सोधपुछ गर्दा ति दुई जनालाई पक्राउ गरेका छन् । पिडित बालिकालाई बिभिन्न कार्यक्रममा अश्लील नृत्य गर्न बाध्य बनाई कोही कसै संग सम्पर्कमा आउन दिएका थिएनन् । बालिकालाई शारिरिक तथा मानसिक यातना पनि दिंदै गर्दा मौका छोपी भागेर आफ्ना अभिभावकको सम्पर्कमा आएकी थिईन । जिल्ला प्रहरी कार्यालयमा गुहार गरे पछि प्रहरी टालीले बेचबिखनमा संलग्न रहेका तिनीहरुलाई नगवाबाट नियन्त्रणमा लिइएको र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।