सपहीको समाजसेवी रसिक सुवेदी को नेतृत्वमा आज अर्को महिलाको पनि उद्धार
चेरवन्त खवर
केही दिन अघि कोल्हवी ४ कि एक बिरामी महिला लाई उद्वार गरेर नारायणी अस्पताल बिरगंज पुर्याउनु भएका समाज सेवी रसिक सुवेदीले पुन आज अर्कि एक बिगत केही दिन देखि मानसिक सन्तुलन गुमाए कि महिला , कोल्हबी ४ मा बेवारिसे अवस्था मा घुम्दै हिड्नु भएको देखि पछि आज सुवेदीको सक्रियता र पहलमा उद्दार गरी मानव सेवा आश्रम बिरगंज लगिएको छ ।
समाजसेवी सुवेदी लाई यस मानबिय कार्य मा
निशुल्क गाडी उपलब्ध गराएर श्रीराम साहले सहयोग गर्नु भयो भने जनजागरण आमा समुह, सपहीले रु २५०० बराबर को खाद्यान्न सहयोग गर्यो त्यस्तै प्रगतिशील आमा समूह प्रगतिनगर ले पनि रु २५०० बराबर को खाद्यान्न सहयोग गरेको छ भने सपहीका रामदियाल चौधरीले १ बोरा भुजा सहयोग गर्नु भएको छ त्यस्तै सपहीकै रामनाथ चौधरीले रु ४०० बराबरको खाद्यान्न सहयोग गर्नु भएको छ ।
त्यस्तै समाज सेवी सुवेदीले यो कार्यमा मानव सेवा आश्रम बिरगंज शाखा लाई विषेश धन्यवाद दिनु भएको छ भने , आवश्यक समन्वय गरिदिनु हुने कोल्हबी नगर प्रमुख राम प्रसाद चौधरी र गोबिन्द पाण्डे लगायत बिरगंज सम्म लान सहयोग गर्नु हुने कालिका दवाडी , कल्याणी विमली र श्रीराम साहलाई पनि आभार प्रकट गर्नु भएको छ ।