खानेपानी मन्त्री उमाकान्त चौधरीको हात , बारामा विमानस्थल बनाउन मिल्ने भयो साथ

2 0
Ads here
Read Time:4 मिनेट, 53 सेकेन्ड

सागर घोरसाईने , चेरवन्त खबर

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुनिश्चितताको  पहल गराउन मन्त्री उमाकान्त चौधरी सफल भएका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ काठमाण्डौ फास्ट ट्रयाक निर्माण छिटो सम्पन्न गराउन सधैं प्रतिपक्षमा रहँदा निरन्तर आवाज उठाउने , निजगढ अन्तर्राष्ट्रिय विमानस्थल को भूभाग बाट प्रतिनिधि सभा सदस्य निर्वाचित  उमाकान्त चौधरी हाल खानेपानी मन्त्री छन्। गत वर्षको बजेटमा ८ अर्व मात्र निजगढ काठमाण्डौ फास्ट ट्रयाक निर्माणमा बजेट विनियजन भएको मा  मन्त्री चौधरी अहिले सत्तामा आएपछि ३० अर्व विनियोजन गरिएको छ।

cold baat bachau

केही समय अघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा वजेट विनियोजन पुर्व सर्वोच्च अदालतको फैसला आएपछि मौखिक निणर्य सुनाउँदा रिट निवेदन जारी भएको हुदा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सर्वोच्च अदालतले रोक्न खोजेको संदेश प्रभाव परेता पनि अन्योलका बीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि बजेटको नीति तथा कार्यक्रममा समावेश गरिएको थियो।

tamagadhi emergency add

प्रयाप्त बजेटको व्यवस्थाको माग गर्ने माननिय उमाकान्त चौधरीको चाहना सर्बोच्च अदालतको पूर्ण पाठ आएपछि भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न रोकिन्छ की भन्ने डर समाप्त भएको छ। बन क्षेत्र कम हानि गरेर सरकार लाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाटो खुलेको छ।  कम बन क्षेत्र पर्ने गरी विमान स्थलको निर्माण टांगिया बस्ती सगै वरिपरी बनाउन कानुनी अब अवरोध नभएकाले आज प्रधान मन्त्री सहित शीर्ष नेताहरु र विभागिय मन्त्री निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा अवलोकनको लागि आएका थिए ।खानेपानी मन्त्री उमाकान्त चौधरी को सरकारी निकाय मा भएको पहल स्थानिय सरोकार वाला जनताको दवावमा आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प नेपालको एक मात्र स्तरीय अन्तराष्ट्रिय विमानस्थल हो भन्नेमा समग्र नेपालीको साझा आवाज भएको छ।

Breast Feeding Ads

मन्त्री उमाकान्त चौधरी कै पहलमा निर्माणाधीन विमानस्थल र दुर्तमार्ग स्थलमा  निरीक्षण गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड , नेकपा एकृकीत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव , जनमोर्चा कि अध्यक्ष दुर्गा पौडेल , वागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे , अर्थ मन्त्री जनार्दन शर्मा , बन तथा बाताबरण मन्त्री रामसहाय यादव , पर्यटन मन्त्री जीवनराम श्रेष्ठ , खानेपानी मन्त्री उमाकान्त चौधरी ,विभिन्न मन्त्रालयका सचिव हरु, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र आयोजना निर्देशक लगायतको उच्चस्तरीय टोलिबाट विमानस्थल तत्काल निर्माणको कार्य अगाडी बढाउन सम्मानित सर्वोच्च अदालतको पूर्ण पाठको मुल मर्मलाई ख्याल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त भएको छ।

Kolhabi Ads

प्रधानमन्त्री देउवाद्वारा तत्काल दुई रनवेको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन र टांङ्गियाबस्तिको व्यस्थापनमा छिटो निर्णय लिन सम्बन्धित पक्षहरुलाई निर्देशन दिदै गठबन्धनका सबै प्रमुख नेतृत्वले विमानस्थल निर्माणमा एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। 

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
14 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
86 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।