पर्सामा चिठ्ठा परेको भनी ठगी गरेका एक संगठित अपराधी प्रहरीद्वारा पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 8 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लामा चिठ्ठा परेको भन्दै ठगी गरेका एक जना संगठित अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्र मार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

cold baat bachau

पक्राउ पर्नेमा साबिक गा.बि.स. सोनबर्षा वडा नम्बर ५ बस्ने लगभग ६५ बर्षका गणेश सहनी भनिने गणेश चौधरी रहेका छन् । उनको हालको ठेगाना पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ रहेको प्रहरीले बताए ।

tamagadhi emergency add

बाग्लुङ जिल्ला पाण्डवखानी गा.बि.स. वडा नम्बर १ मा स्थाई घर भएकी २५ बर्षिय रिता श्रेष्ठ संग चिठ्ठा परेको भनी चौधरीले ठगी गरेका हुन । ठगिएकी श्रेष्ठ हाल कास्की जिल्लाको पोखरा उपमहानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी पनि प्रहरीले जनाए । संगठित अपराधमा संलग्न समेत रहेका चौधरीले ठगी गरे पछि पिडित श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बनाई सम्मनित अदालत बिरगंजको मिति २०७३ साल असार महिना २९ गते तथा उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजको २०७५ जेठ महिना ८ गतेका दिन फैसलाले एक बर्ष कैद पाँच हजार रुपैया सजाए तोकिएको थियो । उक्त फैसलालाई कार्यान्पयनका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीाट खटिएको बिशेष टोलीले असार १७ गते आरोपित चौधरीलाई उन कै घरबाट पक्राउ गरी जिल्ला अदालमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताउनु भएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।