
प्रगतिनगरका बम बहादुर कुवर राप्रपाको भुतपुर्ब सैनिक संगठनको जिल्ला अध्यक्षमा निर्वाचित ।

चेरवन्त खबर , कोल्हवी
आज जितपुरसिमरा उपमहानगरपालिकामा रहेको पार्टी कार्यालयमा आयोजित नेपाल राष्ट्रीय प्रजातन्त्र पार्टीको भुतपुर्ब सैनिक संगठनको निर्वाचन बाट जिल्ला अध्यक्ष पदमा सर्ब सहमति बाट कोल्हवी नगरपालिका वडा नं ४ प्रगतिनगरका बम बहादुर कुवर निर्वाचीत भएका छन् ।

गत स्थानीय तह चुनावमा सोही वडा बाट वडा अध्यक्षका प्रत्यासी कुवर आज राष्ट्रिय प्रजातन्त्र पार्टी को भातृ संगठनको अध्यक्ष बनेका हुन्। कुवरले सामाजिक संञ्जाल फेसबुक बाट उहाँलाई जिम्मेवारी दिएको मा सम्पूर्ण पार्टी पंक्ति लाई आभार प्रकट गरेका छन्। कुवर अवकास प्राप्त सैनिक हुन्।

