
साना किसान कृषि सहकारी सपहीले आफ्नो सेवा ग्राहिलाई गर्यो सुत्केरी खर्च सहयोग ।

रसिक सुवेदी ,
चेरवन्त खबर दाता सपही
बाराको कोल्हवी नगरपालिका वडा नं ४ सपहीमा सञ्चालित यस भेगकै अग्रणी संस्था साना किसान कृषि सहकारी संस्थाले आफ्नो सेवा ग्राही सपही केन्द्र अन्तर्गत अन्तर समूह १३ की समूह नम्बर ३१२ नं कि सदस्य सरिता बन्जारालाई नगद २५००।- रुपैया र जम्मिएको बच्चा लाई सानै बाट बचत गराउन सिकाउने अभिप्रायले एउटा खुत्रुके सहयोग गरेको छ ।

संस्थाका संचालक सदस्य शान्ता सुबेदी तथा सहायक प्रबन्धक सरला रानाभाटले सुत्केरी स्याहार खर्च स्वरूप सेवाग्राही को घरमै गएर उपलब्ध गराएका हुन् ।

