नमुना मावि कोल्हवी ४ सपहि को प्रशंसनीय काम , के यसले पढाईमा ल्याउला त सुधार ??

1 0
Ads here
Read Time:3 मिनेट, 9 सेकेन्ड

सागर घोरसाईने

कोल्हवी नगरपालिका वडा नं ४ मा रहेको नमुना मावी सपहिले प्रशंसनीय काम को थालनी गरेको छ । विद्यालयले शुक्रबार कक्षा ९ र १० मा  अध्ययनरत विद्यार्थीहरुले कक्षा कोठामा लिएर आएको ३६ थान मोबाइल बरामत गर्दै अभिभावकको रोहवरमा मा फिर्ता दिने भनेको थियो ।

Manakamana ads Anil

thaneshwar

आज आईतवार बिहानै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै नमुना माविले उक्त बरामद गरिएको मोबाइल फोन फिर्ता लिन अभिभावकको रोहवरमा मा एउटा निवेदन पनि दिनु पर्ने वाध्यात्मक परिस्थिति निर्माण गरेको छ । उक्त निवेदन मा अब उप्रान्त मोबाइल फोन कक्षा कोठा मा लिएर नआउने र यदि नियम विपरीत लिएर आएमा म कुनै उजुरी गर्दिन र विद्यालयले दिएको सजाय भोग्न तयार छु भनेर लेखिएको छ ।

raining add

यसरी कलिलो उमेर मै पढ्ने बेला मोबाइल प्रयोग गरेर विद्यार्थी हरुको बिग्रिन सक्ने भविश्यको मध्यनजर गर्दै यो कठोर कदम चालिएको विधालयका प्रधानाध्यापक भुनेश्वर चौधरीले चेरवन्त खबर लाई जानकारी दिनु भयो ।

उता समाज सेवी तथा सपहि का वासिन्दा रसिक सुवेदी संग चेरवन्त खबरले के विद्यालयले गरेको यो निर्णय साचै स्वागत योग्य छ त भनेर गरिएको प्रश्नमा उहाँले विद्यार्थी हरुको पढाइ बिग्रने देखेर विद्यालयले लिएको यो निर्णय स्वागत योग्य रहेको र यस निर्णय सधै लागू गर्न सके पढाईको गुणस्तर मा केही हद सम्म सुधार हुने र आफुहरु लगायत सपहि युवा क्लवले पनि आवश्यक परे विद्यालय लाई जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

शुक्रबार  छड्के जांच गरेर ९ र १०  कक्षाबाट ३६ थान मोबाइल बरामत गरेर आइतबार अविभावकको रोहबरमा मोबाइल दिने भनिए पछि विद्यार्थी हरुले गेट बाहिर हो-हल्ला गर्ने र गेटमा ढुङा हान्ने सम्मको काम गरेका थिए ।

यसै बिषयमा हामी कोल्हवी ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनाली संग जिज्ञासा राख्दा उहाँले विद्यालयको निर्णय स्वागत गर्दै सबै अभिभावकले आफ्ना छोरा छोरी लाई मोबाइल दिएर विद्यालय नपठाउन र आफ्ना सन्तान कुन बाटोमा हिडेका छन ध्यान दिन सके विद्यार्थीको भविश्य उज्ज्वल हुने धारणा राख्नु भयो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।