बारागढी गाउँपालिकाको लगभग ४० करोड बजेट सार्वजनिक, प्रस्तुत गरे नीति तथा कार्यक्रम

0 0
Ads here
Read Time:2 मिनेट, 54 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारागढी गाउँपालिकाले शुक्रवार पालिकाको सभाहलमा एक बार्यक्रम बिच आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।

cold baat bachau

गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो गाउँ सभामा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले व्यक्त गर्नुभएको थियो ।

tamagadhi emergency add

गाउँ सभामा आर्थिक वर्ष २०७९/०८०को लागि गाउँपालिकाकी उपाध्यक्ष एवम् योजना तर्जुमाकी संयोजक लक्ष्मी देवी रायको अनुमतीमा वडा नम्बर ३ का वडा सदस्य सुरेश रामले आर्थिक वर्ष २०७९/०८० को बजेट गाउँ सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । कुल ४० करोड १७ लाख ६० हजार ५ सय पचाँस रूपैयाँ बजेट गाउँसभा समक्ष सार्वजनिक गरिएको हो । चालु तथा प्रशासनिक खर्चतर्फ ८ करोड ६० लाख ७९ हजार ५ सय साठी रहेको छ भने पूँजीगततर्फ कार्यालय सञ्चालन तथा विकास निर्माण समेत गरि जम्मा १४ करोड ६२ लाख र संघीय सरकारबाट जुन कार्यक्रममा नेपाल सरकारले बजेट विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ १४ करोड ५१ लाख, समपूरक अनुदान ४० लाख तथा विशेष अनुदान गरि ३४ करोड ६२ लाख ६७ हजार साथै प्रदेशको समपूरक सशर्त र विशेष अनुदान गरि २ करोड ३६ लाख ८१ हजार जम्मा खर्च समेत ४० करोड १७ लाख ६० हजार ५ सय पचाँस रूपैयाँ रहेको छ । नेपाल सरकारद्धारा अन्तर सरकारी वित्तीय हस्तानान्तरण अन्तर्गत विभिन्न बिषयगत शाखा कृषि, पशु, शिक्षा र स्वास्थ्यमा संघीय सरकारबाट तय भई आएमा सशर्त अनुदान १४ करोड ५१ लाख जस्ताकोत्यस्तै सम्बन्धित क्षेत्रमै खर्च गर्नुपर्ने भएकोले सोतर्फ कुनै आयोजना कार्यक्रम आयोजना बनाउनु नपर्ने नीति तथा कार्यक्रममा जनाइएको छ । साथै नेपाल सरकार तथा प्रदेश सरकारद्धारा प्राप्त भएको विशेष समपूरक र सशर्त अनुदानहरूमध्ये योजना छनोट भई आएमा सोही आयोजना खर्च गरिने गाउँपालिकाद्धारा जारी गरिएको बजेटमा उल्लेख छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।