एम.बि.बि.एस.पढ्नेलाई दश लाख रुपैया सहयोग गरिने पचरौताका नगरप्रमुख सिंहको प्रतिबद्धता

1 0
Ads here
Read Time:2 मिनेट, 3 सेकेन्ड

निखिल पास्वान, पचरौता

बारा जिल्लाको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले एम.बि.बि.एस. पढ्न चाहने नगरका बिद्यार्थीलाई पालिकाबाट दश लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

cold baat bachau

उक्त पालिकाको वडा नम्बर १ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पिपरपातीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा सो प्रतिबद्धता गरेका हुन् । आफुले अध्ययन गरेका सो बिद्यालयमा नगर प्रमुख भएर आउँदा भावुक समेत भएको बताए ।

tamagadhi emergency add

बिद्यालयका प्रधानाध्यापक रामानन्द प्रसाद साहको अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथीमा नगर प्रमुख सिंह र बिशिष्ट अतिथीको रुपमा उपप्रमुख नसिमा खातुन रहेका थिए । कार्यक्रममा पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई फुल, माला, अबिर र दोसल्ला ओढाएर बिद्यालयका शिक्षक, कर्मचारी अभिभावक र बिद्यार्थीहरुले स्वागत तथा सम्मान गरेका थिए ।

Breast Feeding Ads

सो कार्यक्रममा वडा अध्यक्षहरु बिनय कुमार सिंह, लक्ष्मी यादव, गगनदेव यादव, धेनुक राउत कुर्मी, नेवाजी मियाँ लगायतकाले आफ्ना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्णलाई बिद्यालयका सहायक प्रधानाध्यापक सत्यन्द्र यादवले स्वागत गरेका थिए भने संचालन तथा उद्घोषण कार्य शिक्षक श्याम सुन्दर कुसवाहाले गरेको थियो ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।