मनको कथा :- जाने लाई नजाउ भन्न नसकिने रैछ।

2 0
Ads here
Read Time:7 मिनेट, 57 सेकेन्ड

मनको सागर

असारकाे महिना पहिलो दिन कालाे र अँध्याराे। आकाश बादलले डम्म थियाे। राति जोडले पानी परेको थियो । दिन भर जस्तो उ आफ्नो आफन्त लाई भेट्न गएको थियो। बेलुकी हाम्रो भेट्ने टुङ्गो भएकोले उसलाई बिदाई गर्न म चाबेल तर्फ लागे । चाबेलमा उ आयो । हामी  एउटा थाेत्राे गाडीकाे अन्तिम सिटमा बस्यौ । गाडी अन्धाधुन्ध विमानस्थल तर्फ दाैडिरहेकाे थियाे।।

Manakamana ads Anil

उसले मेराे औंलाहरूलाई आफ्नाे हत्केलामा कस्सेर समात्यो । मेराे काँधमा आफ्नाे हात राखेर सायद भित्रभित्रै बेस्सरी रूँदै थियो। पिडाले लफ्रक्क गलेका हाम्रा हत्केलाहरू कस्सिन निकै कठिन हुँदै थिए। म उसकाे आँखा नियाल्दै थिए । वरपर सिटमा बसेका केही अपरिचित मानिसहरूले हामीलाई एकतमासा नियालिरहेका थिए। मलाई भित्रभित्रै अलिकता लाज/सरम लागेर हाेला म बसेकाे सिटकाे देब्रेपट्टि झ्याल थियाे मैले झ्यालबाट बाहिर हेरेँ।

thaneshwar

बाहिर बतासले हल्लाइरहेका रूखको पातहरू। रूझेर चिच्याउँदै झरिरहेका थिए। बाटोमा बर्खाका खाेला गडगडाउँदै दाैडिरहेकाे थियाे। यत्तिकैमा  विमानस्थल को गेट अघि बस राेकियाे। नजिकै को प्रतीक्षालयमा झुम्म मान्छेकाे भिड थियाे।त्याे भिडका आँखाहरू पनि झ्यालबाट हामीलाई नै नियालिरहेका थिए।सायद साँझ परेर हाेला चराचुरुङ्गी गुँडतर्फ हान्निएर जाँदै थिए । हामी बस बाट तल झर्यौ ।रोडको देब्रे पट्टी बाट किनारै किनार हुँदै हामी पछिल्लो पट्टी बाट विमानस्थल भित्र छिर्यौ । दुई तीन दिन देखि उ जाने कुराले निकै मन भकानिएको थियो । लाग्थ्यो आज मन सम्माल्न निकै गार्‍हो हुनेछ । विमानस्थल भित्र हामी छिरेको बाटो बाहिर देश हरु बाट आएका यात्रु निस्कने ठाउँ रहेछ । एक हुल प्रदेशी खुसीले कराउँदै आए भकानिएको मन मा झन आघात पुगे जस्तो भयो । अनि सोचे मेरो प्रदेशी कहिले यसरी फर्किएला र मन भरी पुग्ने गरि टास्न पाउला । यस्तै कुरा सोच्दै मुटु भारी पार्दै सिडि हुँदै हामी प्रवेश द्वार तर्फ गयौ। त्यहाँ केही समय बस्यौ उँ निरास देखिन्थ्यो । त्यति बेला विमानस्थलमा बिस्तारै आवतजावत बाक्लिदै थियो। त्यहि बेला विमान हरु पनि उढ्दै थिए । मन भक्कानिएको थियो । उसले अब समय भयो जानू पर्छ भने पछि हामी विमानस्थलको यात्रु प्रवेश द्वारमा गयौ । उ बिदा भएर गयो । हामी फर्कियौ मैले फर्किदै उसलाई हेरे नहेर्छ कि भनेर तर उसले एक पटक पनि हेरेन सायद आफ्ना पीडा लुकाउदै थियो होला । म निराश हुँदै फर्किए। उसले जाने बेला हग गरेको थियो मेराे हात उनका हातहरूले छाड्नै मानिरहेका थिएनन्।

एक्कासि उ गयो । उसले  दुई बर्ष पछि यही विमानस्थल मा भेट्ने वाचा गरेर । मैले टाउकाे हल्लाएँ। र मेराे हात पनि उसकाे हातबाट बाध्यतावस् छुट्याे। उ बिस्तारै मदेखि टाढा हुँदै गयो। हेर्दाहेर्दै उ  गेटबाट भित्र लाग्याे र केहीबेरमा मेरा आँखाहरूबाट हरायो । उसलाई छोड्न जादा विमानस्थल मा रोई रहेका जोडी देखेर मेरो भक्कानिएको मन लाई जतिनै रोक्दा पनि आखा बाट आसु निक्सियो। मलाई थाहा छैन विमानस्थल बाट छुटेर गएकाे साथी ले विदा गर्ने लाई कत्तिकाे याद गर्छ तर..विदा गर्नेले भने आफूबाट छुटेर गएकाे साथी लाई औधि याद गर्दाे रहेछ। सधैं पर्खिएरै बस्दाे रहेछ। ठ्याक्कै दुई वर्ष को बाटो हेरेर ।यतिबेला म यही सहर मै छु  त्यही विमान स्थलको बाटो बाटै हिड्छु । र विमानस्थल बाट छुटेका विमान  विमानस्थलले पुन आउने आशामा पर्खिए जस्तै म पनि तिमी लाई पर्खिरहेकाे छु।

म त्यसरी नै उनकाे प्रदेश बाट आउने यात्रुको  घुइँचोहरूमा उनलाई खाेजिरहेकाे छु। मेराेजस्तै छुटिने जाेडीहरूका आँखाहरू हेरिरहेकाे छु। आज पनि धेरै जाेडीहरू मजस्तै रूँदै छाेडिँदै रहेछन्।विछाेडकाे अँगालाेमा बेरिएर छुट्दै गर्दा आँखाकाे नानी दुख्ने गरी आसु खसालेका तिमी लाई सम्झिरहेकाे छु। तिम्राे लागि झरेका आँसु प्रेमको कुलो हुँदै मनको गर्भसम्म पाेतिँदाे रहेछ। न त सुक्न सक्दाे रहेछ, न त जम्न सक्दाे रहेछ।न त बग्न नै।विछाेडकाे आँसु कहिल्यै नसुक्ने, नजम्ने र नबग्ने हुँदो रहेछ।उनकाे सम्झनामा आज पनि औधी रूँदै छु म तर उनी के गर्दै हाेलिन्।

मेराे याद आउँदाे हाेला कि नाइँ ?मलाई भने कपासको डल्लोले छोएजस्तै हुन्छ। उसको सम्झनामा काँडा उम्रन्छन् जिउमा। कान राता हुन्छन्, थरथर काम्छु। उसको शरिरको सुवास मानौं, बताससँगै लहरिँदै आइपुग्छ मसम्म र मेरा मनका तारहरू झंकृत पारेर सरगम झैं विस्तारै बिलाउँछन्। आज पनि आकासमा उड्ने हरेक विमानमा  उनकै अनुहार देखिरहेकाे छु देैनिक आवाज ले काठमाडौं हल्लाउँदै उढ्ने विमानले नमिठो गरि चिमोट्छ मलाइ । उनी संग हिडेका हरेक चाेक, गल्ली, प्रतीक्षालयहरूमा उनैलाई देख्छु। बादलमा, पानिमा र बत्तीहरूमा पनि तिम्रै अनुहार देखिरहेकाे छु। यतिबेला तिमीलाई यसरी याद गरिरहेछु जसरी महादेवको अनुपस्थितिमा कैलाश पर्वतमा पार्वतीले गर्छिन महादेवको स्तुति। अब त यस्ताे लाग्छ मलाई तिम्राे प्रदेश पुग्ने ती विमान हरु  मेरै चोटमा नून छर्किन उडिरहेका  हुन्। पहिला तिम्राे माया भेटिने बाटोहरूमा अहिले तिम्राे यादबाहेक केही भेट्दिनँ। तिमी जहाँ, जुन अवस्थामा छौ, बस् खुसी र मस्त रहनू। बस यति भन्छु जाने लाई नजाउ भन्न नसकिदो रैछ । बिछोडको करौतिले रेट्नु सम्म रेट्यो जादा जाँदै मुलबाटो मा दुईवटा बाटो फाट्यो ।

यो कथा काल्पनिक हो कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुने छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।