
मालपोत कार्यालय पर्साबाट घुसको रकमसहित एक बिचौलिया पक्राउ

चेरवन्त खबर डेस्क
पर्सा जिल्लाको मालपोत कार्यालय पर्साबाट घुसको रकम सहित एक जना बिचौलियालाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा लेखापढीको काम गर्ने उमा पाण्डे भनिने दिनेश पाण्डे रहेको छ । उनलाई मालपोत कार्यालय पर्साबाट वडा प्रहरी कार्यालय बिर्ताले घुसको रकम सहित रंगेहात पक्राउ गरेको हो ।

प्रहरीलाई राजकुमार झाले घुस मागिरहेको सूचना दिएपछि लालपुर्जा बनाउनका लागि सेवाग्राही संग लिएको १ लाख २५ हजार रकम सहित रंगेहात नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।