मानवताका लागि योग भन्ने मुलनाराका साथ आदर्श कोतवालमा आठौं अन्तराष्ट्रिय योग दिवस सम्पन्न

0 0
Ads here
Read Time:3 मिनेट, 2 सेकेन्ड

नूर आलम बादशाह,आदर्श कोतवाल बारा

बाराको आदर्श कोतवालमा आठौं अन्तराष्ट्रिय योग दिवस आज सम्पन्न भएको छ । आयुर्वेद औषधालय महेन्द्र आदर्शको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Manakamana ads Anil

आयुर्वेद औषधालय महेन्द्र आदर्शका इन्चार्ज नथुनी सहनीको सभापत्त्विमा सम्पन्न आजको कार्यक्रमको प्रमुख अतिथि श्री राम चरित्र माविका प्रअ दिनेश साह रहनुभएको थियो ।

thaneshwar

आयुर्वेद औषधालय महेन्द्र आदर्शका रामनाथ प्रसाद साहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कृषि शाखा प्रमुख श्याम किशोर पटेलले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त राख्दै प्रमुख अतिथि दिनेश साहले योगले मानिसको रोग प्रतिरोधि क्षमता बढाउने भएकोले सबैले योग गर्नु अति आवश्यक भएको बताउनुभयो ।

परापूर्वकालदेखि चलिआएको योग साधनाको माध्यमबाट मानिसहरु निरोगी भएर जीवन यापन गर्नसक्ने कुरा प्रमाणित भैसकेकोले सबैले योगमा जोडिन अपरिहार्य भएको कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले बताउनुभयो ।

कार्यक्रममा वडा नंबर १ का वडा अध्यक्ष सुनील प्रसाद कुशवाहा, वडा नवम्बर ८ का वडा अध्यक्ष हरी नारायण कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत सुनील बिक्रम थापा, शिक्षक जय प्रकाश लाल कर्ण लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ बाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकांकका रुपमा समेत लिइएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष शशि भूषण यादव प्रियदर्शी वडा नम्बर ४ का वडा अध्यक्ष शेख जवाहिर, वडा नम्बर ७ का वडा अध्यक्ष जनक ठाकुर, वडा सदस्यहरु, बिभिन्न शाखा प्रमुख, पत्रकार नूर आलम बादशाह, नबीन चौधरी, श्याम पाण्डे लगायतको सहभागिता रहेको थियो।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।