घातक रोग बिमा अन्तर्गत मृगौला रोगीलाई नेपाल लाइफ इन्स्योरेन्सबाट बीस लाखको चेक

0 0
Ads here
Read Time:3 मिनेट, 25 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराका एक मृगौला रोगीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीतपुर शाखाले घातक रोग सुविधा अर्न्तगत बीस लाख रुपैंया प्रदान गरेको छ ।

raining add

शाखा प्रमुख कमलेश कुमार कर्णले जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती निवासी मृगौला रोगी रञ्जीता खड्काको परिवारलाई घरमै पुगेर बीस लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

tamagadhi mart

बीस लाखको १५ वर्षका लागि जीवन विमा गराएकी खड्काले २ किस्ता मात्रै तिरेको अवस्थामा घातक रोग लागेको पाइएपछि विमितलाई सहज होस् भनेर घातक रोग सुविधाका लागि फारम भरेको डेढ महिनामै चेक पुर्याउन आएको कर्णले दावी गर्नुभयो ।

Breast Feeding Ads

नियमानुसार कम्पनीले विमितले लिएको घातक रोग सुविधा वापत नै रकम दिएको भएता पनि आफूलाई यसले निकै राहत पुगेको खड्काका श्रीमान् सूर्य प्रसाद पकुवालले बताउनुभयो । रोजगारीको शिलशिलामा दक्षिण कोरीया रहेका उनी श्रीमतीलाई मृर्गौलामा समस्या देखिए देखि नेपालमै छन् र अस्पताल धाइरहेका छन् । मन भरी पीडा बोकी बेरोजगार रुपमा अस्पताल धाइरहेका बेला जीवन विमाबाट प्राप्त गरेको घातक विमा सुविधाले मनकारी मित्रले साथ दिए झैं महसुस भएको पकुवालले जिकिर गर्नुभयो ।

Kolhabi Ads

सुविधा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २ का पूर्व वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले कम्पनीलाई धन्यवाद दिंदै भने“रोग लागि सकेपछी उपचारका लागि रातदिन नभनी चन्दा उठाउन लागि पर्नु भन्दा स्वस्थ र समान्य अवस्थामा हुँदा जासोतसो विमा गरे वेश हुने रहेछ” । अस्पतालको सुचना र स्थानीय निकायको सिफारीसलाई आधार मानेर विल भर्पाइको झंझट विना सिंगो विमा बराबरको रकम उपचारका लागि पाउनुले विरामीलाई राहत दिनुका साथै दौडधुप र तनाव पनि कम दिएको श्रेष्ठले बताउनुभयो ।

गत २०७७ साल माघमा मृर्गौला फेल भएकी ३२ वर्षीया रञ्जीता खड्काको गएको ०७८ कार्तीक २५ गते मृर्गौला प्रत्यारोपण गरिएको उनका परविारजनले जानकारी दिए । अहिले उनी काठमाण्डौंमा बसेर फलोअप चेकअप गराइरहेकी छिन् । कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर श्रीराम साह, स्थानीय सरस्वती पकुवाल, सुमित्रा घोरासाइने, पूजा पन्त, नवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । सयपत्री अनलाईनबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।