सूयको राप र तापलाई न त रूखले छेक्न सक्छ न त छाताले नै नेकपा एमाले केन्द्रीय सदस्य : चौधरी
चेरवन्त खबर डेस्क
बारा – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै पछिलो समय नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) एमाले प्रति जन लहर बढ्दै छ । करैयामाई गाउँपालिका वडा नम्बर ८ को कार्यालय नरहीमा स्थापना गरिएको छ । उदघाटन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलबिर चौधरीले नेकपा एमालेको पक्षमा जनलहर बढेको देखेर सूयको राप र तापलाई न त रूखले छेक्न सक्छ न त छाताले नै छेक्न सक्ने जानकारी दिए ।
लाल किल्लाले परिचित करैयामाई गाउँपालिकामा अहिले पुन : लाल किल्ला स्थापित हुने संकेत देखिन्छ । नेकपा एमाले बाराले आसन्न स्थानीय तह निर्वाचनमा प्रचार अभियानलाई तीब्र बनाएको छ । उम्मेदवारहरू ‘सुशासन,समृद्धि र समाजवादको आधार,पालिका–पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ ।
करैयामाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद चौधरी , उपाध्यक्ष पदकी उम्मेदवार पार्वती थरूनीले बुधबार वडा ८ मा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी हुनुभयो ।
उम्मेदवारद्वयले सुशासन, समृद्धि,विकास निर्माण लगायतका शिक्षा,स्वास्थ्य, खेलकूद,खानेपानी लागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । घरदैलो कार्यक्रममा करैयामाई गाउँपालिका वडा नम्बर ८ अन्तर्गत नरही , औनिया , ईटहर , बेलाही तथा सिरसिया गाउँमा घरदैलो गरेको थियो । घरदैलो कार्यक्रममा ३ हजार भन्दाबढी कार्यकार्ताको सहभागीता रहेको थियो ।