बाराको प्रसौनीमा अध्यक्ष गुप्ताको लापरवाहीका कारण एम्बुलेन्स सेवाबिहिनमा

0 0
Ads here
Read Time:2 मिनेट, 7 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको प्रसौनी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स प्रयोगविहिन बनेको छ । प्रसौनीवासीको सेवाका लागि खरिद गरिएको एम्बुलेन्स बिग्रिएर मर्मत अभावमा प्रयोगविहिन भएको हो ।

Manakamana ads Anil

आर्थिक वर्ष ७७/७८ मा गाउँपालिकाले खरिद गरेको बा १ झ ९५१ नम्बरको एम्बुलेन्स दुई वर्ष नबित्दै बिग्रेर थन्केपछि बिरामीहरुलाई ओसारपसार गर्न असहज भएको स्थानीयहरु बताउँछन् ।

thaneshwar

बिरामीहरुको लागि सेवाप्रवाह गर्न भनेर खरिद गरिएको एम्बुलेन्स मर्मत नै नगरी प्रसौनीस्थित खानेपानी संस्थानको कम्पाउण्डभित्र थन्काएर राखिएको छ । गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीको लापरबाहीले एम्बुलेन्स थन्किएको स्थानीयहरुको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत केसरी बारागढी गाउँपालिकाबाट आएको झण्डै ९ महिना बितिसक्दा पनि बिरामी, गर्भवती महिलालाइ ओसारपसार गर्न सबैभन्दा बढी कठिनाइ भएको स्थानीयहरु बताउँछन् ।

त्यसैगरी प्रसौनी गाउँपालिकास्थित खानेपानी संस्थानमा जडान गरिएको सोलार बत्ति पनि अध्यक्ष गुप्ताको राईस मिलबाट आएको धुलोले फोहोर बनाएको अवस्थामा रहेको छ ।

विद्युत अवरुद्ध भएको बेला खानेपानी संस्थानमा जडान गरिएको सोलार पनि बिग्रिएको अवस्थामा पुगेपछि स्वच्छ पानी पिउने योजनाबाट समेत स्थानीयहरु बंचित रहेका छन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।