
बारागढी गाउँपालिकाले गरे १५ सैयाको अस्पताल निर्माणका लागि शिलान्यास

चेरवन्त खबर डेस्क
बारा जिल्लाको बारागढी गाउँपालिकाले वडा नम्बर ३ स्थित पालिका कार्यालयको छेउमा १५ सैयाको अस्पताल निर्माणका लागि हिजो बुधबारका दिन शिलान्यास गरेको छ ।

उक्त १५ सैया अस्पताल निर्माणका लागि बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछारले बिधिवत रुपमा पुजा गरेर शिलान्यास गर्नु भएको हो । सो अस्पताल निर्माणका लागि नेपाल सरकारले अनुदान स्वरुप करिब १८ करोड रकम दिने भएको छ भने थप रकम आवश्यक भएमा पालिकाले बिनियोजन गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले जानकारी दिनु भयो ।

पालिकाले यस अघि १५ गते सोमबारका दिन खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला, नागरिक आरोग्य सेवा केन्द्र तथा बर्थिङ्ग सेन्टरको एक कार्यक्रम बिच उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा एन इर. जि. आर. पि. शिक्षाको जिल्ला संयोजक महेश जोशी र होम स्कुलिंग प्रोग्रामका ललन पटेललाई कामको उत्कृष्ट मुल्यांकन गरि प्रमाण पत्र सहित फुलमाला अबिर लगाई दोसल्ला आढाएर प्रसंशा गर्दै सम्मानित गरिएको थियो ।