जीतपुरसिमरा गोल्डकपमा आईतबार हिमालयनलाई पराजित गर्दै ए.पि.एफ सेमिफाईनलमा प्रवेश

0 0
Ads here
Read Time:5 मिनेट, 56 सेकेन्ड

श्याम गुप्ता

बाराको सिमरामा जारी जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको चौथो रात्री खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै बिभागिय टिम एपिएफ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

Manakamana ads Anil

जिल्लाको सिमरा रंगशालामा आईतवार भएको रात्री खेलमा शेर्पालाई ३/२ ले पराजित गर्दै ए।पि।एफले सेमिफाईनलको यो यात्रा तय गरेको हो । ए.पि.एफको जीतमा दिपेश धिमाल, बि.क. तामाङ्ग र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठले भने एक्लै दुई गोल गरेका थिए ।

thaneshwar

आईतवारको रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरे पनि नतिजा आफ्नों पक्षमा पार्न सकेन् । खेलको सुरुवात मैं शेर्पाले वन भर्सेस वनको स्थितीमा गोल गर्ने अवसर गुमायो । शेर्पाका अजिज ओलावालेले प्रहार गरेको उक्त बल क्रसबार बाट बाहिरियो ।

सुरुवातको केही समय खेल आफ्नों पक्षमा राखेको शेर्पाले खेलको २७ औं मिनेंटमा पहिलो गोल खान पुग्यो । नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै ए.पिए.फका दीपेश धिमालले टिमलाई अग्रता दिलाएका थिए । दीपेशको गोलसंगै आक्रामक बनेको एपिएफले खेलको ३३ औं मिनेंटमा दोस्रो गोल थप्यो ।

नविनको क्रस बललाई सदुपयोग गर्दै ए।पि।एफका बिके तामाङ्गले खेल २र० को स्थितीमा पुर्याएका थिए । खेलमा दुई गोलको अग्रता लिए पछि ए।पि।एफले पहिलो हाफमा आफ्नों पक्षमा राखेको थियो ।

सुरुवात राम्रो गरे पनि ए.पि.एफले अग्रता लिए पछि दवावमा देखिएको शेर्पाले खेलको ३३ औं मिनेंटमा गोल अन्तर घटाउँने राम्रो अवसर गुमायो । शेर्पाका बिकास मेराग्लियाले र अजिज ओलावाले गोल गर्ने गुमाएका थिए । डि. बक्स भित्रको बललाई उनिहरुले पोष्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफमा दुबै टिम आक्रामक देखिए । बिभागिय टिमको चुनौंती सामना गरेको शेर्पाले खेलको ५० औं मिनेंटमा गोल अन्तर घटाएको थियो । ए.पि.एफका दिपेश घिमालले शेर्पाका बिकास मेराग्लियालाई लडाए पछि पाएको पेनाल्टीमा कप्तान विश्वास श्रेष्ठले गोल गरेका थिए । विश्वासको पेनाल्टीलाई एपिएफका गोलरक्षक युया कुरियामोले ठम्याउन सकेनन् ।

बिश्वासको आकर्षक गोलले खेलमा फर्कन खोजेको शेर्पा बिरुद्ध ए।पि।एफले ५६ औं मिनेंटमा तेस्रो गोल थप्यो । प्रदिप लामाको क्रसलाई सदुपयोग गर्दै अर्माण्ड बेडमले गोल गरेका हुँन् । बेडमको गोलसँगै ए।पि।एफले खेलमा ३/१ को अग्रता लियो ।

खेलको पहिलो हाफको तुलनामा लयमा देखिएको शेर्पाका लागि विश्वास श्रेष्ठले खेलको ६८ औं मिनेंटमा आकर्षक गोल गर्दै टिमलाई खेलमा फर्काउँने प्रयास गरे । डि. बक्स बाहिरबाट बिश्वासले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । घरेलु दर्शकको समर्थन पाएको शेर्पाले गोल अन्तर घटाए पछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो ।

दुबै टिमले आक्रामक प्रदर्शन गरे पछि खेलको अन्तिम १० मिनेंट निकै प्रतिस्पर्धात्क रहेको थियो । खेलमा फर्कने अवसर पाएको शेर्पाले केही अवसर भने चुकाएको थियो । खेलको ७१ औं मिनेंटमा सत्यम शर्माको प्रहार क्रस बारमा ठोक्किनु शेर्पाका लागि दुर्भाग्य सावित भयो । लगत्तै अजिजले गरेको प्रहार ए।पि।एफका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । अन्तिम समयमा आकर्षक लयमा देखिए पनि शेर्पा फिनिसिङ्गमा चुकेको थियो ।

यता ए.पि.एफका प्रदिप लामाले खाली पोष्टमा गोल गर्ने अवसर गुमाए । शेर्पाका गोलरक्षक बिट भएको अवस्थामा प्रदिपको प्रहारले पोष्टको दिशा लिन सकेन् । प्रदिपले अन्तिम समयमा पाएको अवसर चुकाएसँगै ए।पि।एफले ३र२ को जित निकालेर अघिल्लो यात्रा तय गरेको हो ।

ए.पि.एफको जितमा उत्कृष्ट प्रर्दशन गरेका अर्माण्ड म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत सोमवार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम ११ बिच खेल हुँने छ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्ने छ । प्रतियोगिता चैत्र १९ गतेसम्म सञ्चालन हुँने आयोजक नवजनजागृतीले जनाएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।