जीतपुरसिमरा गाेल्डकप: एन.आर.टी क्वार्टरफाईनलमा प्रवेश

0 0
Ads here
Read Time:5 मिनेट, 29 सेकेन्ड

श्याम गुप्ता

बाराको सिमरामा जारी जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको शनिवार तेस्रो दिनको खेलमा बिजय युथ क्लब हेटौंडालाई पराजित गर्दै न्युरोड टिम (एन.आर.टी) क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

Manakamana ads Anil

जिल्लाको सिमरा रंगशालामा शनिवार बेलुकी भएको खेलमा एन।आर।टीले बिजय युथ माथी ३र१ को जित निकालेको हो । एन.आर.टीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । त्यस्तै हेटौंडाका लागि बिमल राना मँगरले गोल गरेका हुँन् ।

thaneshwar

निर्धारित समयमा दुबै टिमले १र१ को बराबरी खेले पछि खेल अतिरिक्त समयमा धकेलिएको हो । अतिरिक्त समयमा एन.आर.टीले दुई गोल थप्दै फराकिलो जित हात पारेको हो । खेलमा लिएको सुरुवाती अग्रता जोगाउँन नसक्दा हेटौंडा प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

खेलको १८ औं मिनेंटमा अमिर श्रेष्ठको पासमा बिमल राना मगरले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अमिरको उत्कृष्ट पासको सदुपयोग गरेका बिमलको प्रहारलाई एन।आर।टीका गोल रक्षक प्रदिप भण्डारीले ठम्याउँन सकेनन् । निकै नैं प्रतिस्पर्धात्मक खेलको २१औं मिनेंटमा एन।आर।टीले बराबरी गोल फर्कायो ।

बिशाल तामाङ्गको क्रसलाई सदुपयोग गर्दै मासुकीले खेल १र१ को स्थितीमा पुर्याएका थिए । मासुकीको गोल पछि खेल रोमाञ्चक बन्न पुगेको थियो । करिब चार हजार दर्शकको उपस्थिती रहेको रंगशालामा दुबै टिमले उत्कृष्ट खेल पस्किए । खेलको २३ औं मिनेंटमा हेटौंडाका अमिर श्रेष्ठको फ्रिकिक प्रहार क्रसबारबाट बाहिरिन पुग्दा बिजय युथले गोल गर्ने अवसर गुमाएको थियो ।

खेलको ४३ औं मिनेंटमा बिजय युथका लागि मार्टिनले गोल गरे पनि रेफ्रि नविन्द्र महर्जनले अफसाईड घोषित गरेका थिए । त्यस अघि खेलको २१औं मिनेंटमा एन।आर।टीले गरेको गोल पनि अफ घोषित गरिएको थियो ।

एन.आर.टीका लागि आन्द्र थेरीले गोल गरे पनि उक्त गोलले मान्यता पाएन । बिजय युथको तुलनामा लयमा देखिएको एन।आर।टीले खेलको ६० औं मिनेंटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।

मासुकीले डि.बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई हेटौंडाका गोल रक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे पनि नियन्त्रणमा लिन नसक्दा एन.आर.टीका दिपेश घलेले अवसर प्राप्त गरे । तर, दिपेश पनि गोल गर्न चुके । उनको प्रहार क्रस बारमा ठोक्किएर फर्कियो ।

खेलको ६६ औं मिनेंटमा हेटौंडाका गौरव श्रेष्ठले विशाल तामाङ्गलाई फल गरे पछि एन।आर।टीले डि।बक्स बाहिर फ्रिकिक प्राप्त गरेको थियो । एन.आर.टीका रंजन बिष्टले गरेको उक्त फ्रि।किक बललाई बिजय युथका अशोक बरालले उत्कृष्ट बचाउ गरे । निकै प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुबै टिमले गोल गर्न नसके पछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको पहिलो मिनेंट मैं एन.आर.टीले खेलमा अग्रता लियो । एन।आर।टीका मासुकीले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २र१ को स्थितीमा पुर्याए । मासुकीको गोल पछि हेटौंडा केही दवावमा देखियो । खेलमा अग्रता लिए पछि आक्रामक देखिएको एन।आर।टीले लगातार अवसर बनायो र अतिरिक्त समयको २५ औं मिनेंटमा गोल अन्तर फराकिलो पार्यो । वन भर्सेस वनको अवसर पाएका स्टेफेन समिरले गोल गर्दै एनआरटीको जितलाई सहज बनाएका थिए ।

एन.आर.टीको जितमा दुई गोल गरेका मासुकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतवार हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लब बिच हुँने छ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्ने छ । प्रतियोगिता चैत्र १९ गते सम्म सञ्चालन हुँने छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।