चितवनलाई हराउँदै बाग्मती सिमरा गाेल्डकपकाे क्वार्टरफाइनलमा प्रवेश

0 0
Ads here
Read Time:4 मिनेट, 40 सेकेन्ड

श्याम गुप्ता

बाराको सिमरामा जारी जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको दोस्रो दिनको खेलमा बि।एफ।सी चितवनलाई हराउँदै बाग्मती युवा क्लब सर्लाही क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

cold baat bachau

जिल्लाको सिमरा रंगशालामा शुक्रवार भएको खेलमा चितवनलाई २र१ पराजित गर्दै बाग्मती अन्तिम आठमा प्रवेश गरेको हो । चितवन विरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ्ग राई र प्रदिप लम्सालले गोल गरे । बाग्मतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।

tamagadhi emergency add

प्रतिस्पर्धात्मक खेलको १५ औं मिनेंटमा चितवनले खेलमा अग्रता लिएको थियो । रोशन क्षेत्रीले वन भर्सेस वनको अवस्थामा गोल गरे । क्षेत्रीको प्रहारलाई बाग्मतीका गोल रक्षक प्रिसोले झुक्किए र बललाई नियन्त्रणमा लिन सकेनन् ।

Breast Feeding Ads

चितवनले लिएको अग्रता बराबरीमा ल्याउँने क्रममा बाग्मतीका दिनेश चाम्लिङ्ग राईले खेलको २३ औं मिनेंटमा गोल फर्काए । डिबक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोल रक्षक मनोज गुरुङ्गले ठम्याउँन सकेनन् । उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बाग्मतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।

Kolhabi Ads

चितवन विरुद्ध पहिलो हाफमा तालमेल बनाएको बाग्मतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाए पनि फिनिसिङ्गमा चुकेको चितवनले बाग्मतीलाई दवावमा राख्यो ।

खेलको ६५ औं मिनेंटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बाग्मतीले खेलको ८१ औं मिनेंटमा बिजयी गोल गरेको थियो ।

बाग्मतीका प्रदिप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । अन्तिम समयमा अग्रता लिए पछि उत्साहित बाग्मतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नों पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा बाग्मती विरुद्ध पराजय भएको चितवन भने प्रतियोगिताबाट बाहिरियो ।

शुक्रवार आयोजित खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लिङ् राई घोषित भए । उनले नगद पाँच हजार हात पारे । प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एन.आर.टी)  र विजय युथ क्लब बिच खेल हुँने छ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १९ गते सम्म सञ्चालन हुँने छ ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने छन्, भने प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कार तर्फ गोल रक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगदले पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उदयीमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टिल्स्को मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।