स्रोत नखुलेको रकम सहित दुई भारतिय पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 20 सेकेन्ड

जितपुर : पथलैया-वीरगञ्ज औधोगिक करिडोरको जितपुर क्षेत्रबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको  १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रकाउ गरेको छ।

cold baat bachau
tamagadhi emergency add

शसस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प जितपुरले भारतको रघुनाथपुर बस्ने इनामोल मियाँ र सोही ठेगानाका इशर आलमलाई बिआर ०५ जेट १३८३ नम्बर भारतीय मोटरसाइकलको डब्बामा लुकाइछिपाइ नेपाल ल्याइरहेको अवस्थामा जितपुरबाट १२ लाख ३६ हजार रुपैयाँसहित पक्राउ गरेका हो।

Breast Feeding Ads
Kolhabi Ads

शसस्त्र प्रहरी निरीक्षक डिलेन्द्र खत्रीले नेपाल भारत सीमा नाकाबाट बारातर्फ आउँदै गरेको सूचना पाएपछि पच्छाउँदै जाने क्रममा रकमसहित दुई भारतीय नागरिकलाई प्रकाउ गरेको बताए। ‘गोप्य सूचनाका आधारमा सीमा क्षेत्रबाट पच्छाउँदै आउँदा हामीले मोटरसाइकलको डिकीमा लुकाइछिपाइ राखेको अवस्थामा रकमसहित दुई भारतीय नागरिकलाई पक्राउ गर्‍यौँ’ खत्रीले भने।

प्रहरीले पक्राउ परेका दुवै भारतीय नागरिक, १२ लाख ३६ हजार नेपाली रुपैयाँ र भारतीय नम्बर प्लेटको मोटरसाइकलाई आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। ‘श्रोत नखुलेको १० लाखभन्दा बढीको रकमको अनुसन्धान र कारवाही प्रहरीले गर्न नमिल्ने भएकोले हामीले भारतीय नागरिकसहित रुपैयाँ  र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालय बुझायौँ’ खत्रीले भने।

बैकिङ कारोबार देखाउन नमिल्ने भएपछि श्रोत नखुलेको सो रकम भारतीय नागरिकले तस्करीको आम्दानीबाट  ल्याएका हुनुसक्ने प्रहरीले जनाएको छ। स्रोत थाहा खबर

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु