
व्यापारिक मार्ग वीरगंज पथलैया बोलपत्र अनियमितता प्रक्रियामा सर्बोच्चद्वारा रोका राख्न आदेश

श्रीनारायण महतो
अनियमितता तरिका अपनाएर गलत मनसायबाट आर्थिक मिलोमतमा खुलाईएको व्यापारिक मार्गको एकल बोलपत्रलाई रोक्न सर्बोच्च अदालतले अल्पकालीन आदेश दिएको हो ।

४ करोडको व्यपारिक मार्ग वीरगंजको पावरहाउस देखि रजत जयन्ती चोक सम्म र रजत जयन्ती चोकदेखि मितेरी पूल सम्मको सडक निर्माण गर्नको लागी सागर र समा निर्माण कम्पनि संगको मिलोमतमा बिना प्रतिस्पर्धा एकल स्वीकृत हुने गरी टेण्डरको आहवान गरिएको भन्दै सर्बोच्च अदालतमा सडक बिभागलाई बिपक्षी बनाई मुद्दा परेको थियो ।

सो मुद्दाको सुनवाई गर्दै सर्बोच्च अदालतले अनियमितता र मिलोमतो बोलपत्रलाई तताकाल्को लागि ठेक्का प्रक्रिया अगाडी नबढाउँन आदेश दिएको हो ।

एकल प्रतिस्पर्धीलाई सिमित गराउने र एकै पटकमा ठेक्का स्वीकृत गराउने मनसायले खुलाईएको ठेक्काले राज्यको ढुकुटीबाट करोडोको क्षति पुर्याउने बदनियत रहेको भन्दै त्यति बेला नै स्थानीय निर्माण व्यवसायीहरुले सो को बिरुद्धमा उजुरी दिएका थिए ।

व्यापारिक मार्ग बिस्तार वीरगंज पथलैयाले आर्थिक लोभको कारण एकल बोल पत्र बिना प्रतिस्पर्धी स्टिमेट बराबरको रकम ठेक्का हुने गरी दाखिला गरिएको स्थानीय निर्माण ब्यसायि बताउ छन ।