बाराको कलैयामा मोटरसाईकल दुर्घटना हुँदा पाच जना घाईते

0 0
Ads here
Read Time:2 मिनेट, 13 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको कलैयामा मंगलवार बिहान दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा दुबै मोटरसाईकलमा सवार पाच जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

raining add

कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका ५ बालमन्दिर नजिकै तिब्र गतिमा रहेका दुबै मोटरसाईकल बिहान करीब ७ बजे एक आपसमा जुद्धेका हुन ।

tamagadhi emergency add

कलैयाबाट बीरगंज तर्फ जादै गरेको बा १७ प ९९२३ नम्बरको एफजेड मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प्र। ०२–०२१ प ९७९५ नम्बरको केटीएम मोटरसाईकल एक आपसमा जुद्धेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

Breast Feeding Ads

उक्त दुर्घटनामा परी घाईते हुनेमा केटिएम मोटरसाईकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षिय पवन गुप्ता र पछाडी सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को एफजेड मोटरसाईकलका चालक फेटा गाउपालिका १ भलुही बस्ने १९ वर्षिय प्रदिप कुमार दास, सोही मोटरसाईकलमा पछाडी सवार भलुहीकै २० वर्षिय रोहित कुमार दास, १९ वर्षिय रामविनय दास घाईते भएको उनले जानकारी दिए ।

Kolhabi Ads

घाईते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाईकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरुको बीरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

रोहित तथा रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गढी न्युज

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।