बारा कांग्रेसको निर्वाचन अनिश्चितकालका लागि स्थगित

0 0
Ads here
Read Time:2 मिनेट, 29 सेकेन्ड

चेरवन्त खबर डेस्क

नेपाली काङ्ग्रेस बाराको १४ औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन स्थागित भएको छ ।

raining add

व्यवस्थाकीय कमजोरीको कारण निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको नेपाली काङ्ग्रेस बाराको निर्वाचन कार्यालयले जनाएको छ ।

tamagadhi emergency add

लामो समयदेखि विभिन्न कारणले धकेलिँदै आएको जिल्ला कार्यसमिति चयनका लागि आज ९शनिबार० भइरहेको निर्वाचनमा १६ सयको हाराहारीमा प्रतिनिधिले मतदान गरेपछि व्यवस्थापकीय कमजोरीका कारण स्थगित गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

Breast Feeding Ads

मतदान आज बिहान १० बजेदेखि सुरु गर्ने भनिएपनि दिउँसो १ बजेदेखि मात्र सुरु भएको थियो । आठ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्न बाकी नै रहँदा निर्वाचन स्थगित भएको छ ।

Kolhabi Ads

निर्वाचन अधिकृत उप्रेतीका अनुसार हत्तार(हत्तारमा निर्वाचन गर्दा धेरै व्यवस्थापकीय त्रुटीहरु भएका थिए । ूहामीले उम्मेदवारीहरुसँग तयारीका लागि कम्तिमा पनि थप एक दिन समय माग गरेका थियौँ । तर उहाँहरुले हत्तार गर्नुभयोू, उप्रेतीले भने, ूकयौँ कुराहरु नमिलेकै अवस्थामा हामी निर्वाचन प्रक्रियामा गयौँ र फल्सरूप १६ सय मत खसिसकेपछि हामीलाई निर्वाचन स्थगित गर्नुपरेको छ ।ू

आज खसेको सबै मतसमेत बदर गरिएको र छिट्टै अर्को नयाँ मिति घोषणा गरिने उप्रेतीले जानकारी दिए । मत बदर भएसँगै निर्वाचनस्थल मै खसेका सबै मतलाई जलाइएको छ ।

अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् । यात्रा डेली

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।