युवासम्म पुग्नै सकेन युवा परिषद्

0 0
Ads here
Read Time:2 मिनेट, 52 सेकेन्ड

चेरवन्त खबर डेस्क

युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन ।

Manakamana ads Anil

सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । उद्यमशीलता र सीप विकास, गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकासलगायतका उद्देश्य परिषद्को छ तर यी कार्यक्रम खासै प्रभावकारी भएको छैन ।

thaneshwar

परिषद्मा स्थापनाकालदेखि नै राजनीतिक नियुक्तिलाई प्राथमिकता दिने गरिएको छ । केन्द्रमा रहने कार्यकारी उपाध्यक्षदेखि जिल्लास्तरमा रहने जिल्ला युवा समितिको अध्यक्ष नियुक्तिसमेत दलीय आस्थाको आधारमा हुने गरेको छ ।

युवामाझ जान सक्नेलाई छनोट गर्नुको सट्टा दलका कार्यकर्तालाई मात्रै नियुक्तिदिँदा जिल्लास्तरमा रहने यस्ता समितिको अध्यक्षको काम तलब भत्ता लिनेमा मात्रै सीमित हुने गरेको छ ।

युवाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न परिषद् सफल नभएको तथा युवा मैत्री काम गर्न नसकेको आरोप परिषद् पदाधिकारीलाई लाग्ने गरेको छ । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले दलीय आस्थालाई मात्र प्राथमिकता दिने प्रचलनले परिषद्बाट प्रभावकारी काम हुन नसकेको बताए । उनले भने, “भर्खर स्थापना भएको हुनाले परिषद्बाट ठूलो अपेक्षा त गर्न सकिँदैन तर यस अवधिमा जति काम गर्न सकिन्थ्यो । त्यो भने हुन नसकेको सत्य हो ।” प्रभावकारी काम गर्न सकेको छैन । बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षाजस्ता विद्यमान समस्या भए पनि ती समस्यामा केन्द्रित भएर परिषद्ले काम गर्न नसकेको महरको आरोप छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।