ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 13 सेकेन्ड

काठमाडौँ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । 

cold baat bachau

दरवारमार्गबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २८ प ४०४२ नम्बरको मोटरसाईकल चालक प्रेम नाथ सेडाईलाई पक्राउ गरेको हो । 

tamagadhi emergency add

उक्त मोटरसाईकल चालक सेडाईले सवारी चलाउँदा कागजपत्र साथमा नराखी चलाएका थिए । उनले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न आर्थिक प्रलोभनमा पार्न खोज्दा शनिवार ट्राफिक प्रहरीले पक्राउ गरेको हो । 

Breast Feeding Ads

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।स्रोत रातो पाटि

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु