सिम्रौनगढमा गाँजा समात्ने क्रममा गोली चल्दा एकजनाको मृत्यु

1 0
Ads here
Read Time:1 मिनेट, 57 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाहीमा गए राती अबैध लागुऔषध गाँजा नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको ज्यान गएको छ । अर्का एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

cold baat bachau

गएराती ११ बजेको समयमा मुडभेडमा परि नाम थर वतन नखुलेका अन्दाजी ३५ बर्षका पुरुषको ज्यान गएको प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । उनका अनुसार नेपालबाट भारत तर्फ ५ वटा जुटको बारोमा ७५ के.जि. अबैध लागु औषध गँंजा लिए जाँदै गरेका ७÷८ जना तस्कर र प्रहरीको जम्का भेट भयो । तस्कर समुहले प्रहरीलाई देखि गोली फायर गरे ।

tamagadhi emergency add

सोही क्रममा प्रहरीले ३०३ राईफलबाट जवाफी फायर गर्यो । एकराउण्ड गोलि जवाफी फायरको गोली लागी ति ब्यक्ति गम्भीर घाईते भए । अर्का एकजना नियन्त्रणमा आए । यसरी गाँजाका पोका सहित २ जना मानिसहरु नियन्त्रमा लिन सफल भयौं डिएसपी थापाले बताए ।

Breast Feeding Ads

गोलिलागि घाईते भएका एक जनालाई तत्काल उपचारका लागि कलैया लगिएकोमा उपचारका क्रममा विहिबार विहान पौने दुईबजेको समयमा उनको ज्यान गयो उनले भने ।

Kolhabi Ads

अर्का भातर बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने अदाजी ४० बर्षका हिरदेश गिरीलाई नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको र अन्य फरारहरुको खोजी भैरहेको बारा प्रहरी प्रवक्ता डिएपी थापाले जानकारी दिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।