२०७६ चैत्र २ गतेको राशिफल

0 0
Ads here
Read Time:8 मिनेट, 35 सेकेन्ड


वि.सं. २०७६ चैत्र ०२ गते । आईतबार । इ.स.२०२० मार्च १५ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । चैत्र कृष्णपक्ष । तिथी– षष्ठी,१० बजेर ४४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– अनुराधा,१७ बजेर २१ मिनेट उप्रान्त ज्येष्ठा । योग– वज्र,२० बजेर ५७ मिनेट उप्रान्त सिद्धि । करण– वणिज,१० बजेर ४४ मिनेट उप्रान्त भद्रा,२१ बजेर ५८ मिनेट उप्रान्त बव । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर १५ मिनेटमा, सूर्यास्त १८ बजेर ११ मिनेटमा । दिनमान २९ घडी ५० पला ।

cold baat bachau
tamagadhi emergency add

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापारमा लगानी गरेपनि तत्काल फाइदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातीत हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

Breast Feeding Ads

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : प्रेमको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइलेखाइमा प्रगती हुनेछ ।

Kolhabi Ads

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : शत्रुमाथि विजय हासिल गर्न सकिनेछ तथा आँट, साहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यावसाय शुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने विद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । शेयर बजारको लगानी विगत भन्दा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकाले केही समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्यम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यावसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गीतसंगीत तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरीरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : पढाइलेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनि विदेशी सामानको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पैत्रिक धन तथा सञ्चित धनसम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत् मनग्गे धन आर्जन गर्न सकिनेछ । ईच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमंग छाउनेछ । पढाइलेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तिको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुबा तथा अग्रजहरुको आशिर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पत्ति प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ । पढाइलेखाइकै सिलसिलामा लामो तथा छोटो दूरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बीच अझ विश्वास बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु