लाखौँको अवैध सालको काठ र मोटरसाइकलसहित तीन जना तस्कर पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 59 सेकेन्ड

दिपेन्द्र रजक, रौतहट

रौतहटमा लाखौँ मूल्यबराबरको सालको गोलिया काठ, एक थान मोटरसाइकलसहित संयुक्त सुरक्षा टोलीले तीन जना तस्करलाई पक्राउ गरेको छ । रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एक थान मोटरसाइकलसहित तीन जना तस्करलाई पक्राउ गरेको हो ।

cold baat bachau

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ, एक थान भारतीय नम्बरको मोटरसाइकलसहित तीन जना काठ तस्करलाई पक्राउ गरेको हो ।

tamagadhi emergency add

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा ५ का मनिष चौधरी रहेको डिभिजन वन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले जानकारी दिएका छन् ।

Breast Feeding Ads

बिआर ०५ ए ७८३१ नम्बरको मोटरसाइकलमा काठ लोड गरि गइरहेको अवस्थामा गएराति १० बजे जुडिबेलास्थित जंगलमा काठ तस्करद्वय श्रीराम र बाबुरामलाई संयुक्त टोलीले पक्राउ गरेको थियो । त्यसैगरी वन्दावन क्षेत्रवभित्र वनमा सालको गोलिया बनाइरहेको अवस्थामा गएराति साढे १२ बजे संयुक्त टोलीले पक्राउ गरेको डिएफओ यादवले जानकारी दिएका छन् । मनिष चौधरीसँगै रहेका अन्य ५ जना तस्कर भाग्न सफल भएको उनले बताए ।

Kolhabi Ads

बरामद काठ, मोटरसाइकल र तीनैजना तस्कर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको तथा आवश्यक अनुसंधान भैरहेको बताइएको छ ।

बरामद सालको काठको बजार मुल्य एक लाख ५० हजार भन्दा बढी पर्ने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय जाडो बढेसँगै राति राति हुस्सु लाग्न थालेपछि रौतहटमा काठको चोरी तस्करीका साथै जंगली जनावरको चोरीशिकारी बढेको छ । दुई दिनअघि मात्र प्रहरीले जंगली ढाडे बिरालो मारेको आरोपमा रंगेहात तीन जनालाई पक्राउ गरेर कार्वाहीको दायरामा ल्याएको इलाका प्रहरी कार्यालय लक्ष्मनियाका प्रमुख प्रहरी निरीक्षक विष्णु विश्वकर्माले घटना र विचारलाई जानकारी दिएका छन् ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।