स्थानीय तह निर्वाचनको तयारीबारे गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

चेरवन्त खबर डेस्क

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।

cold baat bachau

सो बैठकमा निर्वाचन लक्षित बजेटबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताए । भुसालका अनुसार गृह मन्त्रालयले बिहीबारसम्म चालू तर्फको समेत बजेट एकीन गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानको व्यवस्थापनका लागी आवश्यक बजेटबारे कुरा भएको छ ।

tamagadhi emergency add

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई चाप परेको बताएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान मागेपछि दुईजना मन्त्रीबीच छलफल भएको थियो । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधु मरासिनी सहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र योजना महाशाखा प्रमुख डा. भुसाल सहभागी थिए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु